१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलोको पानीबाट घट्ट, बत्ती र सिँचाइ : स्थानीबासी खुशी



अ+ अ-

सिञ्जा । तिला गाउँपालिकाको दुर्गम पुरुगाउँमा एउटै कुलोको पानीबाट घट्ट सञ्चालन, बिजुली बत्ती निकाल्न तथा सिँचाइमा प्रयोग गरिएको छ । बत्ती बलेपछि गाउँ झिलीमिली भएको छ ।

वन तथा बातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमअन्तर्गत स्थानीय संस्था पेस नेपालले ‘खाद्य सुरक्षा र जलवायु अनुकूलताको क्याप्स कर्णाली’ परियोजनाअन्तर्गत सो कार्य सम्पन्न भएको हो । गाउँको १६ हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको वडा नं ७ का वडाध्यक्ष सन्तवीर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार सोही कुलोबाट ११ किलोवाट बिजुलीसमेत निकालिएको छ ।

जम्मा ११८ घरधुरी रहेको सो गाउँमा पक्की कुलो निर्माणपछि बिजुली बत्ती निकालिएको लसुनडाँडी बहुउद्देश्यीय सिँचाइ योजनाका सचिव नरेन्द्र विकले जानकारी दिनुभयो । उहाँका अनुसार सिँचाइ, बत्तीसँगै घट्ट पनि सञ्चालनमा ल्याउने तयारी थालिएको बताउनुभयो । रु ५२ लाख लागतमा कुलोको निर्माण सम्पन्न भएको पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले सिँचाइ, बिजुली र घट्टले आर्थिक जीवन माथि उकास्ने बताउनुभयो ।