• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

हिमपातले टेलिफोन र बिजुली अवरुद्ध



अमरगढी । भारी हिमपातले जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र बिजुलीविहीन बनेको छ ।

बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले इन्टरनेटलगायतका सञ्चारसेवासमेत अवरुद्ध भएका छन् । लामो तथा छोटो दूरीका सञ्चालन हुने सवारी साधन चल्ने ग्रामीण सडकसमेत हिमपातलेअवरुद्ध बनाएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ । दूरसञ्चार कार्यालय डडेल्धुराका शिवराज बोहराले हिमपातले अवरुद्ध सञ्चार सेवालाई सुचारु बनाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र डडेल्धुराले विद्युतसेवा सुचारु बनाउन प्रयास भैराखेको जनाएको छ । विद्युत् अवरुद्ध हुँदा जिल्लाको गन्याधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल र भागेश्वर गाउँपालिका तीन दिनदेखि अन्धकारमय बनेको छ ।