• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

सयौ आँखाका बिरामीले लिए निःशुल्क स्वास्थ्य सेवा



पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३३० जना आँखाका बिरामीले सेवा लिएका छन् । रम्भा गाउँपालिका–१ को हुँगी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको शिविरमा सेवा लिएका ३३० आँखाका बिरामीमध्ये २५ जनामा मोतियाबिन्दु र छ जनामा मासु पलाएको भेटिएको छ ।

मोतियाबिन्दुको बिरामीलाई पुस २८ गते रामपुर नगरपालिकाको कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रमा निःशुल्क शल्यक्रियाका लागि पठाएको छ । शिविरमा आँखा कमजोर भएका ११५ जना बिरामीलाई चस्मा वितरण तथा अन्य बिरामीलाई समस्याअनुसारका औषधि निःशुल्क प्रदान गरियो । शिविरमा कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका नेत्र सहायक अजयकुमार पालले आँखा जाँच तथा उपचार सेवा दिनुभएको हो ।

रम्भा गाउँपालिको आयोजना र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, पाल्पा लायन्स लाकौला आँखा अस्पतालद्वारा सञ्चालित कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रले संस्था स्थापना भएपछिको पहिलोपटक निःशुल्क सेवा दिएको हो ।

केन्द्रले बेलाबेलामा कालीगण्डकीबँेसीका विभिन्न ठाउँमा पुगेर स्थानीय तह, सामाजिक सङ्घसंस्थाको समन्वयमा आँखा उपचारका लागि घुम्ती शिविरमार्फत प्राविधिक सेवा दिइरहेको छ । गाउँमै आँखाको उपचार सेवा पाउँदा यहाँका नागरिक खुशी छन् । आँखामा सामान्य समस्या परेमा रामपुर नगरपालिका तथा अन्य स्थानमा जान बाध्य नागरिकलाई घरदैलोमै सेवा पाउँदा उपचारमा ठूलो राहत मिलेको छ ।