• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

प्याराग्लाइडिङको सफल परीक्षण



इलाम । इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण उडान भएको हो ।

प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पर्यटन व्यवसायीहरुसमेत खुशी भएका छन् । साहसिक उडानका रुपमा लिइने प्याराग्लाइडिङका लागि देश तथा विदेशबाट समेत पर्यटक भित्रिने भन्दै व्यवसायीहरुमा खुशियाली छाएको हो ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनसमेत यसले ठूलो मद्दत गर्ने आशा गरिएको छ । पाइलट(चालक) सानुबाबु सुनुवारले डाँडामा प्याराग्लाइडिङ उडाएपछि भेला भएका स्थानीय तथा पर्यटन व्यवसायीहरुमा निकै ठूलो खुशियाली देख्न सकिन्थ्यो । सफल परीक्षण गरेपछि पाइलट सुनुवारले भने छेलेथुम्की डाँडामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको उडान गर्न सकिने बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वडा पर्यटन विकास समितिको पहलमा छेलेथुम्की डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । समितिका अध्यक्ष हेमन सुनुवारको अध्यक्षता र इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तीर्थ गुरुङ, जिल्ला युवा समितिका अध्यक्ष नवराज शङ्कर, प्याराग्लाइडिङका अग्रज पाइलट सानोबाबु सुनुवार, स्थानीय दलका प्रमुख एवं प्रतिनिधिले शुभकामना व्यक्त गर्नुभयो ।

उहाँहरुले परीक्षण उडान गरेर मात्र नहुने भन्दै निरन्तर सञ्चालनको कामना गर्नुभयो । अब सो क्षेत्रबाट निरन्तर उडानका लागि प्रक्रिया पूरा गर्ने र यहाँबाट व्यावसायिक उडान गरिने बताइएको छ ।