• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

कृषि विकास बैंकबाट पाँच करोड लुट्ने एक जना पक्राउ



काठमाडौं । कृषि विकास बैंकको झन्डै पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य पक्राउ परेका छन्। मोरङ रंगेली नगरपालिका-२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौंबाट पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका अनुसार उनी शुक्रबार ९ लाख रुपैयाँको चेक साट्न कृषि विकास बैंकको गोल्फुटार शाखामा पैसा झिक्न गएका थिए।

लुटिएको ४ करोड ७६ लाख रूपैयाँमध्ये नेपालको खातामा एक करोड मौज्दात रहेको महाशाखा प्रमुख एसएसपी सहकुल थापा बताए।

आफ्नो खातामा गएको रकम झिक्न नेपालले पटक-पटक प्रयास गरिरहेका थिए। सोही क्रममा गोल्फुटार पुगेको सूचना बैंकबाटै आएपछि प्रहरीले नेपाललाई पक्राउ गरेको हो।

नेपाल सिस्टम ह्याक गर्ने समूहका एजेन्ट रहेको खुलेको छ। यसअघि उनीजस्तै १८ जना एजेन्टहरू पक्राउ परेका थिए।