• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

बुढा आमाबुवा छोरा छोरीले पैसा दिनुपर्ने



काठमाडौं । कुल आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हटाएर जेष्ठ नागरिक सम्बन्धि ऐन (पहिलो संशोधन) विधेयक २०७६ समितिबाट पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समिति बैठकले उक्त विधेयक सर्वसम्मतिमा पारित गरेको हो । समिति सभापति निरुदेवी पालले लामो सयमसम्म छलफल गरेर विधेयक पारित गरिएको बताउनुभयो । अनिवार्य १० प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान हटाइएपनि जेष्ठ नागरिकको जीवनयापनमा समस्या देखिएको खण्डमा आवश्यक रकम सन्तानबाट लिइ स्थानीय तहले जेष्ठ नागरिकहरुको हेरचाहका लागि उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ ।

जेष्ठ नागरिकको हकवालाको आर्थिक आम्दानी वा हैसियत अनुसार निश्चित रकम मासिक रुपमा जेष्ठ नागरिकहरुको खातामा जम्मा गराउन सक्ने प्रावधान विधेयकमा छ । स्थानीय तहले निर्णय गर्नुभन्दा पहिले जेष्ठ नागरिकको जीवनयापनमा तत्काल केही गर्न आवश्यक देखिएमा वडाध्यक्षले नै अन्तरिम रुपमा निजका सन्तानलाई सम्बन्धित जेष्ठ नागरिकको खातामा निश्चित रकम जम्मा गर्न लगाउन सक्ने व्यवस्था पनि समेटिएको छ । विधेयकमा जेष्ठ नागरिकहरुको सीप तथा ज्ञान हस्तान्तरणका लागि स्थानीय तहहरुमा ज्ञान सीप केन्द्रको स्थापना गरिने उल्लेख गरिएको छ ।