• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

होमवर्क नगरेको भन्दै शिक्षकद्धारा विद्यार्थीमाथी कुटपिट



रुपन्देही । शिक्षकले होमवर्क नगरेको भन्दै ५ कक्षामा पढ्ने विद्यार्थीमाथी कुटपिट गरेका छन् । शिक्षकको कुटाइबाट १३ वर्षीय मोहम्मद देवानको बाँया आँखा सुनिएको छ ।

ज्ञानदीप बोर्डिङ स्कुलका शिक्षक शैलेन्द्र बराईले होमवर्क नगरेको लठ्ठीले हिर्काउदा मोहम्मदको आँखामा चोट लागेको हो ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बराईका अनुसार विद्यार्थीले कापी नल्याएपछि शिक्षकले कक्षाबाट निकाल्दा उल्टै शिक्षकसँग बाझ्न खोजेपछि शिक्षकले पिटेको उनले स्वीकारे। घ’टनापछि देवानलाई प्रध्यानाधापक बराईले भैरवहास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचार गराउन लगेका थिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने यसबारे उजुरी नआएकाले कारबाही प्रकृया अघि नबढेको बताएको छ।

‘निवेदन आउन पर्ने आएको छैन, आज हुलाकबाट उजुरी पठाएको छ भन्ने सुनिएको छ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्ग खत्रीले भने,‘उजुरी कसरी आएको छ त्यही अनुसार कारबाही हुन्छ।’