• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

सुन तस्करीमा भारतीय नागरिक सक्रिय, दुई जना पक्राउ



काठमाडौं । हिरा र सुन मलद्वारमा लुकाएर ल्याउदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ गरेको हो ।

क्लालालम्पुरबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका एक भारतीय नागरिकबाट २ सय २२ ग्राम हिरा बरामद गरेको छ भने सार्हज विमानबाट आएका अर्का भारतीय नागरिकबाट पाँच सय ९२ ग्राम सुन बरामद गरेको छ। प्रहरीका अनुसार दुवै जनाले मलद्वारमा लुकाएर सुन र हिरा ल्याउँदै थिए।