१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग

मुग्लिन सडकमा चट्टान खोपेर पहिरो रोक्दै

मुग्लिन सडकमा चट्टान खोपेर पहिरो रोक्दै
अ अ+ अ-

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदूर चट्टाने भिर खोप्न व्यस्त छन् ।

‘रक क्लाइम्बिङ’ खेल जस्तै टल्कने ज्याकेट र पहेँलो हेल्मेट लगाएका मजदूर भिरभिरमा छन् । एक त पहिरो खस्ने जोखिम, त्यसमाथि ठाडे भिरमा चट्टान खोप्नु अत्यन्तै सकसपूर्ण काम हो । मजदूर जोखिम मोलेर दुई सातादेखि पहिरो रोक्न क्रियाशील छन् ।

मजदूर कतै फलामको डण्डीको भर्याङ (स्काफोल्डिङ)मा बसेर काम गरिरहेका छन् त कतै रुखमा बाँधिएको डोरीको अङ्कुशेमा अडिएर काममा व्यस्त छन् । कोही जाली बिच्छ्याउँदै र कोही चट्टानमा रड (किला) ठोकेर नटबोल्टको काम गरिरहेका छन् ।

उक्त कामलाई ‘रक नेटिङ’ र ‘रक बोल्टिङ’ प्रविधि भनिन्छ । कतै बायोइन्जिनीयरिङ काम पनि भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनीयर शिवप्रसाद खनाल बताउनुहुन्छ । उहाँले अहिले नारायणगढ–बुटवल सडकखण्डको काम हेर्ने जिम्मासमेत पाउनुभएको छ ।

“विगतमा विभिन्न स्थानमा गरिएको रक नेटिङ प्रभावकारी छ, दुर्घटनाको जोखिम कम भयो, पहिरो खसे पनि एकैचोटि तल खस्न दिएन, त्यसैले अहिलेको जोखिम क्षेत्रमा पनि सोही काम थालिएको हो”, खनालले रासससँग भन्नुभयो ।

चट्टान खोप्न यहाँको सडक सवारी साधनका लागि बिहान ११ बजेबाट ३ बजेसम्म बन्द गरिन्छ । यो क्रम यही २२ गतेसम्म जारी रहनेछ । त्यसपछि आवश्यकता हेरेर नयाँ निर्णय लिइने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार यहाँको विभिन्न आठ ठाउँमा काम जारी छ । गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलविरे, चार किलो, तोपे खोला र कालीखोलामा पहिरो रोक्न मजदूर खटाइएको छ ।

सबैभन्दा ठूलो पहिरोको जोखिम चार किलो र तोपे खोलामा छ । पहिरो रोक्ने कामका लागि बज्रगुरु–छिमसगरमाथा र न्यू टेक्निकलको ज्वाइन्ट भेञ्चरमा काम भइरहेको छ । छ महिनाका लागि रु १४ करोडमा ठेक्का दिइएको हो ।

विश्व बैंकको बजेटबाट बचेको पैसाले यहाँको विभिन्न क्षेत्रको चार वटा पुल र रक नेटिङको काम गरिएको हो । विगतमा तीन पुल सम्पन्न भएको छ । जलविरेको बाँकी छ । गत वर्ष केही क्षेत्रमा रक नेटिङको काम भएको थियो । रकम बचेकाले यसपालि पनि प्रयोग गरिएको आयोजनाको भनाइ छ ।

यस्तै उक्त कामका लागि अहिले १०४ जना मजदूर चट्टान खोपेर पहिरो रोक्न खटिएका छन् । पहिलो चरणमा खस्न लागेको चट्टान र माटो निकालिन्छ । त्यसपछि चट्टान खोपेर ड्रिल गरी रड ९किला० गाडिन्छ ।

सबै क्षेत्रको रडमा जाली राखेर नट कस्ने आयोजनाका सहायक इन्जिनीयर कमल नेपालीले बताउनुभयो । उहाँका अनुसार चट्टाने भिरको उचाइ १०५ मिटरसम्मको छ । तोपे खोलामा १०५ मिटर उचाइ र ६० मिटर लम्बाइमा काम भइरहेको छ । एउटा बोरामा आलु हाले जस्तै गरी चट्टानलाई मोर्ने गरिन्छ । जसका कारण चट्टान तल खस्न पाउँदैन र अन्ततः त्यहीँ जाम हुन्छ ।

माथिल्लो क्षेत्रको ढुङ्गामा पनि यसरी नै रड लगाइन्छ । एकअर्कामा तार जेलेर राखिन्छ । तलबाट पहिरो खस्न थाल्यो भने माथिको ढुङ्गाले पहिरो खस्न दिँदैन । यदि खसिहाल्यो भने पनि जालीमा अड्किएर बस्छ । ठूलो पहिरो आए विस्तारै खस्ने भएकाले मानवीय जोखिम कम हुन्छ । कतिपय पहिरो झुण्डिएर बसेको हुन्छ । समय निकालेर फ्याँक्न सकिन्छ । यो प्रविधि अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुन्थ्यो । तर उक्त आयोजनाले प्रयोग गरेकाले विगतको अनुभवमा जोखिम कम भएको छ ।

यस्तै नारायण–मुग्लिन सडक निर्माण ९स्तरोन्नति० को काम २०७२ सालको शुरुबाट थालिएको थियो । कूल रु दुई अर्ब ९० करोडको ठेक्का सम्झौता थियो । पन्ध्र महिना ढिला गरी आयोजना २०७५ सालमा सम्पन्न भयो । आयोजनाको सबै गरेर कूल बजेट भने तीन करोड ९० लाख डलरको हो ।

सडकको कूल लम्बाइ ३४ किलोमिटरको हो । सडक चौडाइ बढीमा ११ र कम्तीमा नौ मिटरको बनाइएको छ । उक्त सडक एशियाली मापदण्डको बनेको छ । अहिले यहाँ यात्रा गर्ने यात्रु र चालक सहज महसुस गर्छन् । त्यही सडक स्तरोन्नति गर्दा काटिएको भित्तो खस्नाले विगतमा प्रहरीको गाडी नै बगाएको थियो ।

सडक विस्तारको काम थालिएपछि पहिरोमा सातजनाको मृत्यु भएको र अझै एक प्रहरी हराइरहेका छन् । साठ्ठी वटा गाडीमा क्षति पुगेको विवरण छ ।

नारायणगढ–मुग्लिन सडकको ३४ किलोमिटर क्षेत्रलाई तीन खण्डमा छुट्याएर नेपाल भारतका छवटा निर्माण कम्पनीले सडक चौडा पार्ने काम गरेका हुन् । चितवनको नारायणगढदेखि दासढुङ्गा १ नं, दासढुङ्गादेखि सिमलतालसम्म २ नं र त्यसपछि मुग्लिनसम्म ३ नं क्षेत्र छुट्याएर काम भएको हो ।

एक खण्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनी, अर्को खण्ड उडहिल तथा लामा निर्माण कम्पनी र तेस्रो खण्ड सुप्रिम तथा रौताहा निर्माण कम्पनीले काम गरेको हो । हरेक निर्माण कम्पनीमा एक–एक कम्पनी भारतीय थियो ।

विसं २०३६ मा नारायणगढ–गोर्खा सडकका रूपमा उक्त सडक निर्माण भएको थियो । साँघुरो भएपछि नेपाल–भारत व्यापार आयोजनाअन्तर्गत सडक विस्तारको काम २०७२ बाट थालिएको हो ।

भारतबाट यही सडक भएर ८० प्रतिशत सामान आयात हुने गर्छ । राजधानी काठमाडौँलाई मुलुकको पूर्वी र पश्चिमी भागसँग उक्त सडकले जोड्छ । चितवन प्रहरीका अनुसार उक्त सडक भएर दैनिक १० हजार गाडी गुड्छन् ।