१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग

त्रेतायुग सम्झाउने पाल्पा घुम्न निम्तो

त्रेतायुग सम्झाउने पाल्पा घुम्न निम्तो
अ अ+ अ-

पाल्पा । प्रकृतिको रानी पाल्पामा धेरै पर्यटकीयस्थल भए पनि ओझेलमा परेको महसुस भएको छ । अब जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान दिन ठाउँठाउँमा सूचनापाटी राखिँदैछ । अब पर्यटकीय तथा धार्मिक, ऐतिहासिक र पुरातात्तिक वस्तुको पहिचान दिलाउन पहल गरिने तानसेन नगपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

पाल्पामा धेरै सुन्दर पर्यटकीयस्थल भए पनि र घुम्ने ठाउँ भए पनि धेरैलाई थाहा छैन । पाल्पालाई संसारभर चिनाउन देशका विभिन्न ठाउँमा डिस्प्ले बोर्ड राखिने नगरप्रमुख शाहीको भनाइ छ । उहाँले जिल्लाको तानसेनसँगै कास्की, सुनौलीलगायत भागमा पाटी राखिने उहाँको भनाइ छ । पाल्पाको तानसेनमा भ्रमण वर्षलाई लक्ष्य गरी नेवारी खाजा महोत्सव, माउण्टेन साइक्लिङ, पर्यटकीयस्थलमा मितेरी साइनो कार्यक्रम, पर्वतीय पर्यटन अध्ययन अनुसन्धानलगायत कार्यक्रम गरिने पर्यटन कार्यान्वयन समितिको योजना छ ।

सदरमुकाममा पाल्पा दरबार, पे्रमको प्रतीक रानीमहल, रणउज्ज्वेश्वरी भगवती मन्दिर, श्रीनगर डाँडा , ऐतिहासिक मूलढोका, भैरवस्थान मन्दिर, एशियाकै ठूलो त्रिशूल, चिच्याएर वर माग्ने वैरी देवीका रुपमा परिचित सत्यवती मन्दिर, ऋषिकेश मन्दिर, पूर्वीक्षेत्रको रम्भादेवी मन्दिर, निस्दी गाउँपालिकाको कबुलियती काउलेडाँडा अम्रिसो खेती, रामनदी धाम, सुनगुफा, टापुधाम, सीताकुण्ड, भुजात सिद्धबाबा शिवालय मन्दिर, तालपोखरा क्षेत्र, खड्ग स्तम्भ, पाल्पाली करुवालगायत थुप्रै धार्मिक, प्राकृतिक तथा ऐतिहासिकस्थल छन् ।

पाल्पामा कैयौँ गुफा, ताल, लेक मठमन्दिर भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा छन् । यहाँको रिमिघालेक, हात्तीलेक, जुरेलेकबाट भारतमा रेल गुडेको तथा हिमशृङ्खला देख्न सकिन्छ । रामपुरमा आउने पर्यटकलाई आकर्षणका रुपमा पौडीपोखरी सहितको सुविधासम्पन्न होटल सञ्चालनले लोभ्याएको छ । तीन रोपनी जग्गामा करीब रु तीन करोड ५० लाखको लागतमा सञ्चालनमा आएको होटलले यस भेगमा आउने पर्यटकलाई आकर्षण गरेको छ । केही दिनअघि उद्घाटन भएको होटलमा बेलुका कलाकारले गाउने दोहोरीले रामपुर आउने र गीत सुनेर फर्कनेलाई मोहनी लगाएको सञ्चालक शिव पाण्डेले बताउनुभयो ।

विशेषगरी भारतीय पर्यटक भैरहवा, लुम्बिनी हुँदै पाल्पा आउने प्रशस्त सम्भावना रहेकाले बसपार्क क्षेत्रमा झर्नेबित्तिकै पाल्पाका पर्यटकीयस्थलका सूचनापाटी र बाटोसमेत चिनाउने सङ्केतहरु राख्नुपर्ने स्थानीयवासीको माग छ । सरकारले १०० पर्यटकीय गन्तव्य केन्द्र घोषणा गरेको रामपुरको कृत्रिम ताल तालपोखरा, रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर, श्रीनगर डाँडालगायत क्षेत्रमा पहिलेको तुलनामा केही आन्तरिक पर्यटक बढे पनि यसको विकासमा अझै ध्यान दिनु जरुरी छ ।

इलामको चिया बगान हेर्न पुग्ने पर्यटकलाई निस्दी गाउँपालिका ३ झिरुवासको अम्रिसो बगानले आकर्षण गर्छ । दुई सय २७ हेक्टर क्षेत्रफलमा १९ समुहमा विभाजन भएका २५० घरधुरी अम्रिसो खेतीबाट लाभान्वित हुने गरेका छन् । अम्रिसोले ढाकेको काउलेडाँडामा अवलोकन गर्न आएका पर्यटकबाट वार्षिक रु एक लाख आम्दानी हुने गरेको गाउँपालिकाले जनाएको छ । कबुलियती कृषि सहकारी संस्थाका अध्यक्ष वीरबहादुर पाटाका अनुसार अम्रिसो बिक्रीबाट मात्रै वार्षिक करीब रु एक करोड आम्दानी हुन्छ । कुचो बनाउनका लागि प्रयोग हुने अम्रिसोले निस्दीको पहिचान नै बेग्लै बनाएको छ ।

निस्दी – ५ मित्याल बजारमा रहेको हावाबाट बिजुली निकालिएको दृश्य हेर्नका लागि पनि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । रामपुर नगरपालिका त्रेतायुगमा रामले भ्रमण गरेको कथनसँग जोडिएको धार्मिक क्षेत्र भएकाले यहाँको विकासमा सबैको ध्यान जानुपर्ने तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाको भनाइ छ । उहाँले पोखराको फेवातालको झल्को दिने र डुङ्गामा सयर गर्ने व्यवस्था तालपोखरामा पनि रहेकाले पर्यटकलाई भ्रमणका लागि आह्वानसमेत गर्नुभयो ।

भगवान राम वनवास जाने क्रममा रामपुरको बाटो हुँदै गएको र यसैक्रममा कालीनदीको घाटमा नुहाएकाले त्यसघाटको रामघाट नामकरण गरिएको धार्मिक विश्वास छ । त्यस्तै रामले खाना पकाएर खाएको चुलो रामचुलो रहेको ठाउँमा राममन्दिर निर्माण गरिँदैछ । रामले खाना खाएपछि कुकुरलाई बोलाएको भनिएको स्थान रामचेमा पर्यटकीय गन्तव्य बनाउनका लागि प्रदेश नम्बर ५ सरकारले रु। ५० लाख सहयोग गरेपछि विभिन्न संरचना निर्माण भइरहेको छ । रामले सीता रजस्वला भएका वेला बाण हानेर पानी निकालेको भनिएको कुण्डको सीताकुण्ड नामकरण भएको छ ।

यी विभिन्न स्थानमा स्थानीय नागरिकले सामान्य सरसफाइ गरे पनि यी क्षेत्रलाई जोडेर धार्मिक पर्यटनको गन्तव्यको विकास गर्न सके उल्लेख्य पर्यटक भित्र्याउन सकिने मीनराज रेग्मीले बताउनुभयो । यसलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने खासै योजना नभएकामा भने यस क्षेत्रका नागरिक चिन्तित छन् । जिल्लामा करुवा उद्योग र ढाका उद्योगको विकास गर्न सके पाल्पा आउँदा गुणस्तरीय पाल्पाली सामान चिनोका रुपमा लैजाने गर्दा यहाँको उद्योग फस्टाउन सक्ने उद्योगीको भनाइ छ । पाल्पामा सबैभन्दा पहिले ढाका उद्योग सञ्चालन गर्नुभएका पूर्णमाया महर्जनले जिल्लामा पाल्पाली ढाका उत्पादन गरेर पर्यटकलाई मायाको चिनोका रुपमा लैजाने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा आएका पाहुनालाई पाल्पाली भनेर भारतीय बजारबाट खरीद गरिएका ढाका पठाउनुहुँदैन ।” लुम्बिनीबाट पाल्पा, स्याङ्जा हुँदै कास्की तथा चितवन पुग्नेहरु पाल्पाका विभिन्न ठाउँ हेरेर जाने धेरैको विश्वास छ ।