• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु ★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय

अब ट्राफिक नियम उल्लंघन गरे एक लाखसम्म जरिमाना



काठमाडौं । सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्मको जरिमानाको व्यवस्था गर्ने तयारी गरेको छ । हाल सवारी नियम मिच्नेलाई न्यूनतम ५ सय र अधिकतम ५ हजार जरिमाना गराउने प्रावधान छ । सरकारले अब न्यूनतम २ हजार र अधिकतम एक लाखसम्म पुर्याउने तयारी गरेको हो ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनलाई परिमार्जन गर्दै सवारी नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिमाना गराउने तयारी गरेको हो । विभागले तयारी गरिरहेको नियम पारित भएर लागू भएमा एक लाखसम्म जरिमाना पुग्नेछ । विभागले कसुरको प्रकृतिअनुसार सजाय रकम बढाउनेदेखि लाइसेन्स निलम्बन र खारेज गर्नेसम्मको प्रावधान राखेको छ । यातायात व्यवस्था विभागले जरिमाना बढाउँदा सवारी नियम उल्लंघनमा कमी आउने जनाएको छ ।

विभागले ऐन परिमार्जनको तयारी गरे पनि सरोकारवाला निकायसँग छलफल गर्दा परिमार्जन हुने सम्भावना पनि छ । विभागले दर्ता नगरी सवारी चलाएमा, स्वीकृति नलिई सवारीसाधनको सिट थपेमा वा सवारीको स्वरूप, इन्जिन तथा च्याचिसमा परिवर्तन गरेमा जरिमाना गर्ने तयारी गरेको छ । त्यस्तै, तोकिएभन्दा बढी भाडा लिएमा तथा क्षमताभन्दा बढी यात्रु राखेमा पनि जरिमाना वृद्धि गर्ने तयारी छ ।