१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

शाहीकालका महान्यायाधिवक्ता, परिषद् सदस्य

शाहीकालका महान्यायाधिवक्ता, परिषद् सदस्य
अ अ+ अ-

काठमाडौं । न्यायपरिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालाले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने र आचारसंहिता बनाउने ठाउँ न्यायपरिषद्मा बसेर सके राम्रो नसके गन्हाउने भएर नबस्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाइमा क्रममा निरालाले जीवनको उत्तराद्र्धमा राम्रो काम गरेर देखाउने अवसरका रूपमा आफूले परिषद् सदस्यलाई लिएको सुनाउँदै भने, ‘राम्रो काम गरेर केही जस पाऊँ भन्ने लोभ सबैलाई हुन्छ, ममाथि प्रश्न उठ्ने अवस्था आएमा परिषद्बाट बाहिरिन्छु, म गन्हाएर निस्किने छैन ।’

निरालाले जीवनले सन्यास लिने वेलामा परिषद्मा गएर सक्दो राम्रो गर्ने प्रयास गर्ने र संविधान र कानुनको दायराभित्र रहेर काम गर्ने प्रतिबद्धत्ता व्यक्त गरे । सरकारले न्यायपरिषद् सदस्यमा निरालालाई सिफारिस गरेको थियो । समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले यही पुस ३ गते परिषद्मा सरकारका प्रतिनिधिका रूपमा रहने सदस्यका लागि निरालालाई सिफारिस गरेको थियो ।

शाही शासनकालमा महान्यायाधिवक्ताको भूमिका निर्वाह गरेका निरालाले ०६२/६३ को जनआन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको रायमाझी आयोगले अरूलाई सबैलाई दोषी ठहर गरेको तर आफूलाई निर्दोष साबित गरेको जिकिर गर्दै भने, ‘शाहीकालमा पनि एक इञ्च दायाँबायाँ नगरी काम गरेको हुनाले मलाई रायमाझी आयोगले निर्दोष सावित गर्यो ।’ समितिका सदस्य देवप्रसाद गुरुङले न्याय क्षेत्रमा निकै भ्रष्टाचार र अनियमितताका कुरा सुनिँदै आएको र तत्कालीन शाहीकालमा महान्यायाधिवक्ताको भूमिकामा रहनुभएका उहाँले आगामी दिनमा कसरी काम गर्नुहुन्छ ? भन्ने प्रश्नमा निरालाले आफूले त्यस समयमा पनि राम्रो काम गरेको जिकिर गरेका थिए ।

समितिका अर्का सदस्य पूर्णकुमारी सुवेदीले न्यायपालिका अझै सरल र सहज हुन नसकेको हुँदा झन्झटिलो, खर्चिलो र ढिला न्याय पाउने बारम्बारका गुनासालाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने प्रश्न राखेकी थिइन् । ‘संविधान र कानुनको अन्तिम व्याख्या गर्ने न्यायालय समावेशी हुन सकेको छैन’, समितिका सदस्य अमृता थापा मगरले निरालालाई सोधिन्, ‘न्यायालयप्रति किन निष्ठा र आकर्षण हराउँदै गयो ? संविधानको व्याख्या गर्ने न्यायालयले किन समावेशिताको कुरालाई ध्यान दिँदैन ?’

समितिका सदस्य पुष्पा भुसालले लोकतन्त्रको संरक्षण र संविधानको व्याख्या गर्ने न्यायालयप्रति धेरै गुनासो आउने गरेको हुँदा २०२२ सालदेखि वकालतको क्षेत्रमा काम गर्नुभएका व्यक्तित्वले न्यायालयको सुधार गर्नेमा आशावादी रहेको सुनाइन् । समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जीवनको उत्तराद्र्धमा राम्रो काम गर्नुहुनेछ भन्ने विश्वास लिएको र न्यायालयको मूल्यमान्यतालाई उचाइमा पु¥याउने हुन्छ भन्ने आशावादी रहेको धारणा राखेका थिए । समितिका सबै सदस्यले निरालाविरुद्ध उजुरी नपर्नुलाई सकारात्मक रूपमा लिएको र अनुभवी भएको हुनाले राम्रो काम गर्ने आशा रहेको सुनाएका थिए ।

समितिका सभापति लक्ष्मणलाल कर्णले क्षमता र अनभवका आधारमा योग्य देखिएको हुँदा निरालाको नाम सर्वसम्मतले अनुमोदन भएको सार्वजनिक गरेका थिए । सुनुवाइका क्रममा उनले संविधानको कार्यान्वयन गर्ने प्रधानन्यायाधीश आफैँ बसेको ठाउँमा परिषदलाई समावेशी बनाउने कुरामा किन ध्यान जान नसकेको भनी जिज्ञासा राख्दै निरालाको कार्यकालमा संविधानको कार्यान्वयनमा हुनेमा आफूले विश्वास लिएको बताएका थिए । सौर्य दैनिकबाट