१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग

जम्मु-कश्मीरको ताजा अवस्था इतिहासकै सबैभन्दा नाजुक: राष्ट्रपति आल्वी

जम्मु-कश्मीरको ताजा अवस्था इतिहासकै सबैभन्दा नाजुक: राष्ट्रपति आल्वी
अ अ+ अ-

नेपालस्थित पाकिस्तानी दूतावासले जम्मु–कश्मीरका जनताका लागि स्वनिर्णयको अधिकारू विषयक छलफल गोष्ठी आयोजना गरेको छ । २५ जनाभन्दा बढी लेखक, टिभी प्रस्तोता र विश्लेषकहरूसहित मानवअधिकार संगठनका प्रतिनिधिहरू सहभागी उक्त कार्यक्रममा काश्मीरी जनताको स्वनिर्णयको अधिकारको सन्दर्भमा पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीका सन्देशहरू पढेर सुनाइएको थियो।

सन्देशमा पाकिस्तानी राष्ट्रपति आरिफ आल्वीले भारत-प्रशासित जम्मु-कश्मीरको ताजा अवस्था इतिहासकै सबैभन्दा नाजुक भएको बताएका छन्। यहाँका जनता बाँच्न, खान, बोल्न पाउने, स्वनिर्णयको अधिकारजस्ता मौलिक हकहरूबाट बञ्चित हुनु परेको उनको भनाइ छ। त्यसैगरी, प्रधानमन्त्री इमरान खानले कश्मीरी जनताको स्वनिर्णयको अधिकार सुनिश्चित नभएसम्म उनीहरूका लागि पाकिस्तानको दरिलो नैतिक, राजनीतिक र कुटनैतिक समर्थन रहने बताएका छन्।

त्यस्तै पाकिस्तानका विदेशमन्त्री महमूद कुरेशीले अगष्ट ५ मा भारतले लिएको एकपक्षीय र असंवैधानिक कदमले जम्मु-कश्मीरका जनताको स्वनिर्णयको अधिकारलाई दबाउन खोजेको आरोप लगाएका छन्। नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले कश्मीर विवादको उत्पति र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रस्तावनाले जम्मु-कश्मीरका जनताको आत्म-निर्णयको अधिकारका बारेमा गरेको व्यवस्थाबारे स्मरण गराएका थिए।

राष्ट्रसंघीय प्रस्तावना लागू नगरिंदा कश्मीरका पुस्तौंपुस्ता जनताले गहिरो पीडा भोग्न बाध्य भएको र त्यस क्षेत्रको शान्ति र स्थिरतामा चुनौती थपिएको उनले बताए। कार्यक्रममा सहभागीहरूले कश्मीरमा पाँच महिनादेखि जारी भारतीय दमनका कारण त्यहाँका लाखौं मानिसको खस्कँदो मानवअधिकारको अवस्थाबारे गम्भीर चासो व्यक्त गरे। कार्यक्रमको अन्त्यमा राजदूत जावेदले कश्मीरबारे उठाइएका विभिन्न प्रश्नहरूको जवाफ दिए।