• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

आगलागीमा परी ७० बाख्रा मरे



मुगु । छयानाथ रारा नगरपालिका–१४ बाम रोल्का गाउँमा शनिबार राती आगलागी भएको छ । आगलागीमा दुई घर, पुशुचौपाया, फलफूललगायत जलेर नष्ट भएका छन् । आगलागीमा दानबहादुर बढुवाल र तीर्थबहादुर बुढाका घर पशुचौपाया, फलफूल जलेर नष्ट भएका हुन् । शनिबार राती एकासि आगलागी भएको र आगलागीमा परी स्थानीय दानबहादुर बढुवाल र तीर्थ बुढाको घरसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । आगलागी के कसरी भएको भन्ने एकिन भएको छैन ।

आगलागी भएको स्थान सदरमुकाम गमगढीबाट चार घण्टा टाढा भएको र आगलागीको जानकारी आइतबार मात्रै आएकाले सो घटनाबारे बुझ्न प्रहरी घटनास्थल जाने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहाले बताए । उनका अनुसार प्रहरीले सम्बन्धित घटनाको जाँचबुझपछि मात्र क्षतिको विवरणका बारेमा भन्न मिल्ने प्रहरी नायव उपरीक्षक साहाको भनाइ छ ।

यसैबीच आगलागिपछि सौर्यदैनिकलाई जानकारी दिँदै आगलागीपीडित दानबहादुर बुढा र तीर्थ बुढाले शपनबार आगलागी भएको बताउँदै दानबहादुर बुढाका ७० वाख्रा र १५ क्विन्टल स्याउ, २० हजार नगद, अन्नपात लत्ताकपडा, भाडावर्तन, नागरिकता जलेका छन् । त्यस्तै, तीर्थ बुढाका ९० हजार नगद, १५ क्विन्टल स्याउ, १० वटा कुखुरा, १ सय ४० लिटर डिजेल, खरायो, अन्नपात लत्ताकपडा, भाडावर्तत जलेर नष्ट भएका आगलागी पीडितले जानकारी दिए ।