• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव

नेपाल प्रहरी नै पेट्रोल पम्प सञ्चालन गर्दै



भरतपुर । भरतपुर महानगरपालिका–२ स्थित बाइपासमा नेपाल प्रहरीले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले आइतबार शुभारम्भ गरे । करिब छ कट्ठा जमिनमा निर्माण गरिएको पम्प रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको हो ।

पम्पमा कार्यालय भवन, जेनेरेटर हाउस र शौचालय निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ । एक पटकमा चार पेट्रोल गाडी र चार डिजेल गाडीले इन्धन भर्न सकिन्छ । दोस्रो चरणमा सो स्थानमा ग्रोसरी, प्रहरी आवासलगायत निर्माण गरिने कोइरालाले जानकारी दिनुभयो ।

प्रहरीको कोषअन्तर्गत काठमाडौँको नक्साल, सामाखुशी र पथलैयामा पेट्रोल पम्प सञ्चालन भइसकेको छ । कार्यक्रममा सशस्त्र प्रहरी बल बाहिनी मुख्यालय भण्डाराका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी, प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख टेकबहादुर तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र पौडेल, नेकपा प्रदेश कमिटी सदस्य बद्रि तिमिल्सिना, काँग्रेस जिल्ला सचिव राजीव न्यौपानेलगायतको सहभागिता रहेको थियो ।