१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

यस कारण दुुर्घटना बढ्दो

यस कारण दुुर्घटना बढ्दो
अ अ+ अ-

पाल्पा । जिल्लामा ट्राफिक नियम पालन नगरी सवारीसाधन सञ्चालन गर्ने बढी देखिएका छन् । ट्राफिक नियम नियम विपरीत सवारी सञ्चालन गर्दा दुर्घटना बढेको देखिएको छ ।

चालकका कारण जिल्लामा ७० प्रतिशत दुर्घटना भएका छन् । चालकले मदिरा सेवन गरी सवारीसाधन चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । यही पुस १३ देखि १९ गतेसम्म सञ्चालित कार्यक्रममा ३८९ सवारी कारवाहीमा परेका छन् ।

सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालित अवधिमा १३ सवारी दुर्घटनामा नौ जना घाइते भएका छन् । उन्नाइस सवारीसाधनमा दुर्घटनाबाट क्षति भएको छ । प्रहरीले मोटरसाइकल र स्कुटी ५८, जिप, कार र भ्यान ७३, बस, टिपर र ट्रक २०२, ट्र्याक्टर ५६ प्रहरी उक्त जाँचका क्रममा चालकले नियम पालना नगरेको देखिएको थियो ।

चालक, सहचालक, यात्रु तथा पैदलयात्रीले पालना गनुपर्ने नियम र कर्तव्यसम्बन्धी दश हजार ७०० लाई सचेत बनाउने काम गरिएको प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्प्लेटसमेत वितरण गरिएको छ । करिब ७६७ सवारीमा ट्राफिक सचेतनामूलक स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले बताउनुभयो ।

चालू आर्थिक वर्षको पाँच महिनामा मात्र करिब रु ५० लाख राजश्व सङ्कलन भएको काफ्लेले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले दुर्घटना कारण अकालमा ज्यान गुमाउनुपर्ने हुँदा दुर्घटना न्यूनीकरणसम्बन्धी अभियान नै सञ्चालन गरिएको बताउनुभयो । उहाँले सवारीसाधन चालक, सहचालक, यात्रु तथा सवारी मालिकलाई समेत दुर्घटना न्यूनीकरणका लागि सचेत गर्ने काम भएको बताउनुभयो ।

चालू आवमा छ महिनाको अवधिमा जिल्लामा १५ को सवारी दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ । जिल्लाका मुख्य तथा सहायक सडकमा साना तथा ठूला १३० दुर्घटना भएका छन् । दुर्घटनाबाट ७१ गम्भीर घाइते अवस्थामा छन् । सामान्य घाइतेको अवस्था झण्डै १८१ छ ।