१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

इलाममा दक्षिण एशियाली दलित भेटघाट हुँदै

इलाममा दक्षिण एशियाली दलित भेटघाट हुँदै
अ अ+ अ-

ईलाम । आगामी माघ २४ र २५ गते यहाँ दलित जनप्रतिनिधिको प्रदेश नं १ स्तरीय भेला तथा दक्षिण एशियाली दलित मिट-२०७६ गरिने भएको छ । प्रदेशका करिब ३५० दलित जनप्रतिनिधि सहभागी हुनेछन् ।

सो कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र कार्यपालिका सदस्य तथा इलामका सम्पूर्ण दलित जनप्रतिनिधि सहभागी हुनेछन् ।

भेलामा १ नं प्रदेशबाहेक अन्य छ प्रदेश तथा भारत र भूटानबाट समेत १०० आमन्त्रित सहभागी हुने मूल समारोह आयोजक समितिका संयोजक नवराज शङ्करले बताउनुभयो । माघ २४ गते नौमती र झाँकीसहितको ¥याली रत्नचोकदेखि गौतमबुद्ध सभागृहमा पुग्नेछ । पहिलो दिनको कार्यक्रममा ‘दलित महिला ः अवसर, सम्भावना र चुनौती’ विषयमा सांसद तथा दलित अगुवा लक्ष्मी परियार, अनिता परियार र दुर्गा सोबबीच बहस हुनेछ ।

त्यसै दिन ‘दलित युवाः उद्यमशीलता र रोजगारी’ विषयमा नेपाल जेसिसका केन्द्रीय अध्यक्ष अशोक शङ्करसँग बहस हुनेछ । साँझ चर्चित रेडियो कार्यक्रम बहकिने मनका सञ्चालक साहित्यकार महावीर विश्वकर्माको एकल साहित्य वाचन कार्यक्रम हुनेछ ।

दोस्रो दिन प्रदेशका १४ वटै जिल्लाका जनप्रतिनिधिका टोलीनेताले स्थानीय तहको समीक्षात्मक अनुभव प्रस्तुति गर्ने तय भएको छ । त्यही दिन ‘नेपालमा जातपात र छुवाछूत’ बारे विश्वभक्त दुलाल (आहुति), ‘नेपालको दलित आन्दोलनः विगत, वर्तमान र भविष्य’बारे गणेश विक तथा दलित समुदायः आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको सवाल विषयमा आम किसानले विचार राख्नेछन् ।

यस्तै ‘दलित समुदायको समस्या र राज्य’ विषयमा सांसदद्वय छविलाल विश्वकर्मा र मीन विश्वकर्मा तथा विनोद पहाडीबीच बहस हुनेछ । त्यसैगरी दलित समुदायको पेशा संरक्षण र आधुनिकीकरणका विषयमा तीन सफल दलित व्यवसायीसँग बहस हुनेछ । कार्यक्रम समापनसँगै इलाम घोषणापत्र जारी गर्ने आयोजक समितिले जनाएको छ ।