१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन ठगी गर्ने गिरोह पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय अपराध महाशाखाले अनलाइनमार्फ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौँका सुशील गुरुङलाई सोमबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइनमार्फत विभिन्न व्यक्तिलाई झुटा कुरा सम्प्रेषण गरी लाखौँ रकम ठगी गरेकाले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

यस्तै नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दै गर्दा एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित सडकमा पार्किङ गरेर राखेको प्रदेश–३–०२–००२ प ३९५ नंको मोटरसाइकल चोरी गर्ने काभ्रेपलाञ्चोकका २० वर्षीय युवराज तामाङलाई आज बिहान पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार तामाङले मोटसाइकल चमतीबाट डो¥याएर ल्याएको अवस्थामा फेला पारेको हो ।