२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवाखालबाट १४ पक्राउ



अ+ अ-

काठमाडौं । मध्यपुर थिमी नगरपालिका–९ नीलबाराही टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको नीलबाराही रिसोर्टबाट प्रहरीले आज जुवातास खेलाइरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।

हरेक दिन रिसोर्टमा जुवातास खेलाउने गरेको प्राप्त सूचनाका आधारमा छापा मार्दा तास खेलिरहेको स्थानबाट रु सात लाख तीन हजार १९० तथा सात हजार ६६० भारतीय रुपैयाँ गरी कूल रु सात लाख १५ हजार ४४६ सहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक पञ्चलाल गालेले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरिएको र उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत जुवा खेलेको वा खेलाएको मुद्दामा म्याद थप भई अनुसन्धान शुरु गरेको पनि उहाँले जानकारी दिनुभयो ।