१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

चिसोसँगै राजधानीमा ह्वात्तै बढ्यो विद्युत् माग

चिसोसँगै राजधानीमा ह्वात्तै बढ्यो विद्युत् माग
अ अ+ अ-

काठमाडौं । राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता पैदा भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको मागमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

विद्युत् उच्च माग भएको गत लक्ष्मीपूजाको दिन एक हजार ८९ मेगावाट मात्रै पुगेको थियो । जाडोका कारण देशव्यापीरुपमा नै विद्युत् माग बढेर एक हजार ३५२ मेगावाट पुगेको छ । लक्ष्मीपूजाको दिन सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको उच्च माग ३३१ मेगावाट मापन गरिएको थियो । जाडो बढ्दा माग ११९ मेगावाटले वृद्धि भएको छ ।

एक्कासि विद्युत् माग बढ्दा सवस्टेशन तथा ग्रीडहरुमा समेत जटिलता देखिएको छ । यस्तै प्रसारण तथा वितरण प्रणालीमा पनि ‘ओभर लोड’ देखिएको छ । जाडोका कारण हरेक घर, कोठा कोठामा न्यायो बनाउने हिटर तथा एसीजस्ता उपकरण चलेका कारण पनि विद्युत् माग ह्वात्तै बढेको छ । प्राधिकरणले औसतमा विद्युत् माग ३५० मेगावाटको हाराहारीमा हुने अनुमान गरेको थियो तर अनुमान गरेभन्दा झण्डै १०० मेगावाट बढी माग प्रणालीमा देखिएको छ ।

जाडो बढेको खण्डमा अझै विद्युत् माग बढ्न जाने सम्भावना रहेको छ । प्राधिकरणले विद्युत् माग बढ्नुलाई सकारात्मक रुपमा नै लिएको छ । यद्यपि झयाप्प–झयाप्प लाइन काटिदा मर्का पर्ने गरेको उपभोक्ताको गुनासो छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् माग बढेसँगै देखिएका समस्या समाधानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिनुभएको छ । “सवस्टेशन र ग्रीडमा देखिएको समस्या त करिब–करिब समाधान भइसकेको छ । केही वितरण तथा प्रसारण प्रणालीमा देखिएको उल्झनको समाधानका लागि निरन्तर अनुगमन जारी छ”, प्रवक्ता अधिकारीले भन्नुभयो ।

यस्तै राजधानीमा भइरहेको सडक विस्तारका कारण पनि केही स्थानमा अनिवार्य रुपमा लाइन काटिएको छ । प्रवक्ता अधिकारीका अनुसार चक्रपथमा रुख बिरुवा हटाउने कार्यका लागि पनि दिनभरजसो नै लाइन काट्नुपरेको छ । यस्तै समस्या देखिएको स्थानमा नयाँ ट्रान्सफर्मर थप्न तथा ग्रीडको मर्मत तथा सुधारका लागिसमेत एकाध स्थानमा लाइन काटिएको हुनसक्ने उहाँको भनाइ छ । “हामीले नियमित रुपमा विश्वसनीय र समान भोल्टेजको विद्युत् उपलब्ध गराउनका लागि प्रयास गरिरहेका छौँ । जाडोको समयमा औसतरुपमा नै बढी विद्युत् माग हुन जान्छ । हरेक घर, कोठामा समेत हिटर र एसी चलेका छन् । त्यसका कारण पनि माग बढी भएको हो, हामी सकेसम्म विद्युत् नकाटिने गरी नै समस्या समाधानमा लागिपरेका छौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो ।

प्राधिकरणले ओभरलोड भएका फिडरमा त्यस्तो लोड घटाउन बढी क्षमता भएका ट्रान्सफर्मर जडानलाई समेत निरन्तरता दिएको छ । यस्तै वितरण प्रणालीमा देखिने समस्या समाधानका लागि २४ सैँ घण्टा परिचालित हुने गरी प्राविधिकसहितको जनशक्ति परिचालन गरिएको छ ।

प्राधिकरणले माग जति बढे पनि पुग्दो विद्युत् उपलब्ध गराउन कुनै समस्या नरहेको उल्लेख गर्दै आएको छ । माग बढे पनि पुरानो प्रणालीका कारण ती स्थानमा ओभरलोडको समस्या भने देखिएको प्राधिकरणले स्वीकार गरेको छ । प्रवक्ता अधिकारीले भन्नुभयो, “विद्युत् नपुगेर कहीँकतै पनि लाइन काटिएको होइन, पुरानो प्रणाली मर्मत तथा सुधार गर्दा केही समय काट्नुपरेको हो । यस्तो समस्या क्रमशः समाधान भएर जान्छ नै ।”

समस्या आएको छ, तर समाधानका लागि पनि काम भइरहेको र प्रणाली सुधार गर्दा, फिडर परिवर्तन गर्दा केही स्थानमा अनिवार्य रुपमा नै लाइन काट्नुपर्ने प्राधिकरणको भनाइ छ । यस्तै केही स्थानमा थप ट्रान्सफर्मर राख्ने स्थानको अभावमा पनि लोड व्यवस्थापनमा जटिलता देखिएको छ ।

शहरमा सडक विस्तारको काम जारी छ । विशेष गरी चक्रपथलगायतका स्थानमा सडक विस्तारको काम भइरहेका कारण पोल सार्नुपर्ने अवस्थाका कारण पनि केही समय लाइन काटिएको प्राधिकरणको भनाइ छ । जाडोका कारण विशेष गरी शहरी क्षेत्रमा ट्रान्सफर्मरको क्षमताभन्दा बढी विद्युत् माग भएको छ । ती स्थानमा माग एकै पटक धान्ने भन्दा बढी पनि आउने गरेको छ ।

यसले सिस्टमको कमजोरी पत्ता लगाउन पनि हामीलाई सहज भएको छ । तर, जनतालाई सास्ती नहोस् भनेर लाइन जानासाथै प्राधिकरणले समस्या समाधान गर्न टोली खटाउने गर्छ । वितरण लाइन पुरानो भएर आएका समस्या हटाउन हामीले सुधारको काम गरिरहेका छौँ । बढी लोड भएका ठाउँमा फिडर थप्दैछौँ, फेर्दैछौँ ।

प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार विद्युत् माग घण्टापिच्छे नै फरक फरक रहेको छ । यस्तै केही आयोजनामा विद्युत् उत्पादन पनि कम भइसकेको छ । वर्षाको समयमा स्थानीय उत्पादनले नै माग धान्ने अवस्था भए पनि हिउँद लाग्दै गएपछि त्यसलाई व्यवस्थापन गर्न भारतबाट पनि थप विद्युत् आयात भइरहेको छ तर परिणामात्मक रुपमा आयात भइरहेको विद्युत्को मात्रा विगतको वर्षको तुलनामा असाध्यै कम रहेको छ । सुक्खायाम बढ्दै जाँदा माग व्यवस्थापनाका लागि भारतबाट करिब ४०० मेगावाटको हाराहारीमा आयात हुनसक्ने देखिएको छ ।

प्राधिकरणले समस्या देखिएका स्थानको बारेमा जानकारी दिनसमेत उपभोक्तालाई आग्रह गरेको छ । “हामी कहीँकतै पनि विद्युत् प्रवाहमा समस्या नहोस् भन्ने चाहेका छौँ, त्यस कारण समस्या देखिने बित्तिकै नो लाइट तथा नजिकको वितरण केन्द्रमा सम्पर्क गर्न आग्रह गर्दछौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो ।