१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

काठमाडौंमा बिश्वका सम्पत्ति छन्, महोत्सवले नयाँ सम्भावना देखाएको छ : मेयर शाक्य

काठमाडौंमा बिश्वका सम्पत्ति छन्, महोत्सवले नयाँ सम्भावना देखाएको छ : मेयर शाक्य
अ अ+ अ-

काठमाडौं । काठमाडौंका भएका बिश्व सम्पदा सूचीमा सुचीकृत स्थानहरुको पहिचानलाई बिश्वभर फैलाउन काठमाडौं महानगरपालिका क्रियाशील रहेको बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, पर्यटकीय स्थानको प्रबर्धनमा सबै लाग्नु पर्ने बताउनुभएको छ । आज (मंगलबार) स्वयम्भू भुइँखेलमा आयोजना गरिएको सप्ताहव्यापी स्वयम्भू महोत्सवको समापन अवसरमा बोल्दै मेयर शाक्यले स्वयम्भू महोत्सवले देखाएको सम्भावनालाई महानगरभरि बिस्तार गरिने बताउनुभयो ।

काठमाडौं बाह्य पर्यटकका लागि मात्र होइन, यहाँ आन्तरिक पर्यटनको पनि ठूलो सम्भावना छ, यसलाई महानगरले कार्यक्रमले कार्यक्रममा समेटेको छ, मेयर शाक्यको भनाइ थियो । कार्यक्रममा बोल्ने क्रममा सहरी बिकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले अघि बढाएको नेपाल पर्यटन बर्षका कार्यक्रमलाई स्वयम्भू महोत्सवले सहयोग पुर्याएको धारणा राख्नुभयो । यसलाई बिस्तार गरेर अन्य वडामा पनि पुर्याउनु पर्छ, राज्यमन्त्री मानन्धरको भनाइ थियो । यस प्रकारका कार्यक्रममा म नियमित सहभागी हुन्छु र सकेको सहयोग गर्छु, कार्यक्रममा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले यस प्रकारका कार्यक्रममा आन्तरिक पर्यटकीय सम्भावनालाई जोड्दै लगिने बताउनुभयो ।

महोत्सवले वडाबासीबीच आपसी सद्भाव बढाएको उल्लेख गर्दै महानगरका प्रबक्ता एवं वडाध्यक्ष ईश्वरमान डंगालले भन्नुभयो ‘यसबाट म उत्साहित भएको छु । बिश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय बिधिधताको प्रचार प्रसार गरी पर्यटन प्रबर्धन गर्ने उद्देश्यले महोत्सव शुरु गरेका थियौं, लक्ष्य प्राप्त गर्यौ’ उहाँको भनाइ थियो । प्रहरी र जनता एउटै हुन् । प्रहरी देखेर जनता तर्सिनु पर्ने अवस्था होइन, कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक बिश्वराम पोखरेलले भन्नुभयो — नागरिक र जनताबीच फरक छैन । मिलेर काम गर्न सकिन्छ भन्ने महोत्सवले सन्देश दिएको छ । महोत्सव व्यवस्थापन र सवारी आवागमन व्यवस्थापनका बिषयमा कुरा गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले स्थानीय स्तरमा हुने कार्यक्रममा नागरिकको सहभागिताले सवारी सञ्चालनमा कठिन नभएको अनुभव सुनाउनुभयो ।

कार्यक्रम उपलब्धीमुलक रह्यो, हामीले राखेका लक्ष्य पूरा गरेका छौं । कार्यक्रममा वडा सदस्य एवं वडा शिक्षा समितिका संयोजक आनन्द गौत्तमले भन्नुभयो ‘महोत्सवले स्वयम्भूलाई राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराएको छ । यहाँ आउने पर्यटकको बसाइ लामो हुने आशा गरेका छौं ।’

समारोहमा रेञ्जर रेजिमेन्ट प्रमुख, महासेनानी युवधिर सिंह अधिकारी, जगदल प्रमुख, प्रमुख सेनानी चुलेन्द्र थापा, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरलगायत स्थानीय संघसंस्थाका प्रतिनिधि र स्थानीयहरुको बाक्लो उपस्थिति थियो । महोत्सव पुष १६ गते शुरु भएको थियो । ‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ नारासहित आयोजना गरिएको कार्यक्रम वडा १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा सञ्चालन भएको हो । यसमा नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सामुदायिक संघ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागिता थियो ।

नेपाल पर्यटन बर्षका कार्यक्रममा र काठमाडौंलाई सांस्कृतिक सहरका रुपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको सप्ताहव्यापी कार्यक्रममा ४७ वटा घरेलु तथा हस्तकलाका सामाग्री र खानेकुराका स्टलहरु राखिएका थिए । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीसँगै राष्ट्रिय र स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहेको थियो । महोत्सव समापन हुनुअघि बसन्तपुर बिश्वदेखि स्वयम्भूसम्म दुईवटा बिश्वसम्पदा क्षेत्र जोड्ने सम्पदा मार्गमा पैदल यात्रा गरिएको थियो ।