• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   रविमाथि सम्भवको गम्भीर आरोपः सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गराइयो ★   नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ★   अमेरिकासँगको हारपछि शोएब अख्तरले भने – हामी जितको हकदार थिएनौँ ★   चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै ★   सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ: प्रधानमन्त्री ★   दूधमा आत्मनिर्भर बन्यो काभ्रे ★   श्रीमतीको हत्या गरी फरार रहेका नेपाली सेनाका अमल्दार पक्राउ ★   मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त ★   सुनको मूल्यमा दोस्रो दिन पनि नयाँ रेकर्ड, तोलाको कति पुग्यो? ★   एयरपोर्टमा कंगना रनावतमाथि हातपात

विद्यालय भवन निर्माण बल्ल शुरु



बनेपा । भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ । ठेक्का आह्वान भई मङ्गलबार निर्माण कम्पनी छनोटको भएपछि पुन निर्माणले गति लिएको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन एकाइ ९शिक्षा० काभ्रेपलाञ्चोकका इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार आह्वान गरिएको ठेक्कामा खानी÷ब्राइट जेभी पोखरीचौरी काभ्रेपलाञ्चोकलाई रु ४० करोड ७१ लाख ९२ हजार ३७६ को ठेक्का परेको छ ।

सात दिनभित्र उक्त निर्माण कम्पनीले केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)सँग सम्झौता गरेपछि निर्माण अगाडि बढ्नेछ । पाँचखाल नगरपालिकामा रहेको भगवती मावि, दुग्धेश्वर मावि र आजाद मावि, बनेपा नगरपालिकाको आजाद मावि, नमोबुद्ध नगरपालिकाको लक्ष्मीनारायण मावि र कानपुर मावि, चौरीदेउराली गाउँपालिकाको खाँडादेवी मावि, पनौती नगरपालिकाको शारदा मावि, महाभारत गाउँपालिकाको भैरव मावि र खानीखोला गाउँपालिकाको जनहित माविका भवन सो सहयोगले बन्नेछ ।

भवन निर्माण नहुँदा विद्यार्थी जीर्ण भवनमा नै बसेर अध्ययन गर्दै आइरहेका छन् । चौरीदेउराली गाउँपालिका– २ नार्गेगगर्चेस्थित खाँडादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य राजीव लामाले समयमा विद्यालय भवन नबन्दा विद्यार्थी जीर्ण भवनमै जोखिममा अध्ययन गर्न बाध्य भएको बताउनुभयो ।
महाभारत गाउँपालिका–१ गोकुलेस्थित भैरव माध्यमिक विद्यालयका विद्यार्थीको अवस्था पनि उस्तै छ । प्रधानाध्यापक खुवनाथ दुलालले समयमा विद्यालयको भवन नबन्दा अझै दुई वर्षसम्म विद्यार्थीलाई टहरामै राख्नुपर्ने अवस्था रहेको बताउनुभयो ।