१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

विद्यालय भवन निर्माण बल्ल शुरु

विद्यालय भवन निर्माण बल्ल शुरु
अ अ+ अ-

बनेपा । भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ । ठेक्का आह्वान भई मङ्गलबार निर्माण कम्पनी छनोटको भएपछि पुन निर्माणले गति लिएको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन एकाइ ९शिक्षा० काभ्रेपलाञ्चोकका इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार आह्वान गरिएको ठेक्कामा खानी÷ब्राइट जेभी पोखरीचौरी काभ्रेपलाञ्चोकलाई रु ४० करोड ७१ लाख ९२ हजार ३७६ को ठेक्का परेको छ ।

सात दिनभित्र उक्त निर्माण कम्पनीले केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)सँग सम्झौता गरेपछि निर्माण अगाडि बढ्नेछ । पाँचखाल नगरपालिकामा रहेको भगवती मावि, दुग्धेश्वर मावि र आजाद मावि, बनेपा नगरपालिकाको आजाद मावि, नमोबुद्ध नगरपालिकाको लक्ष्मीनारायण मावि र कानपुर मावि, चौरीदेउराली गाउँपालिकाको खाँडादेवी मावि, पनौती नगरपालिकाको शारदा मावि, महाभारत गाउँपालिकाको भैरव मावि र खानीखोला गाउँपालिकाको जनहित माविका भवन सो सहयोगले बन्नेछ ।

भवन निर्माण नहुँदा विद्यार्थी जीर्ण भवनमा नै बसेर अध्ययन गर्दै आइरहेका छन् । चौरीदेउराली गाउँपालिका– २ नार्गेगगर्चेस्थित खाँडादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य राजीव लामाले समयमा विद्यालय भवन नबन्दा विद्यार्थी जीर्ण भवनमै जोखिममा अध्ययन गर्न बाध्य भएको बताउनुभयो ।
महाभारत गाउँपालिका–१ गोकुलेस्थित भैरव माध्यमिक विद्यालयका विद्यार्थीको अवस्था पनि उस्तै छ । प्रधानाध्यापक खुवनाथ दुलालले समयमा विद्यालयको भवन नबन्दा अझै दुई वर्षसम्म विद्यार्थीलाई टहरामै राख्नुपर्ने अवस्था रहेको बताउनुभयो ।