१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

किसानका पीडाः पुरस्कार अठन्नी, खर्च रुपैयाँ !

किसानका पीडाः पुरस्कार अठन्नी, खर्च रुपैयाँ !
अ अ+ अ-

पर्वत । बारीमा फलेको मुलाले पूर्णप्रसादको मनमा लागि रहेको थियो, “यसको बेला नसकिँदै कतै मेला/महोत्सवको आयोजना भए त्यहाँ पुर्याएर प्रदर्शन गर्नुहुन्थ्यो ।” पर्वतको जलजला गाउँपालिका–७ का पूर्णप्रसाद पौडेलको बारीमा फलेको मुला छैटौँ बागलुङ महोत्सवमा प्रदर्शनमा राखियो । उहाँको मुला तरकारी बालीअन्तर्गत कृषि ज्ञान केन्द्र पर्वतको तर्फबाट पुरस्कृत पनि भयो । पौडेलले उत्पादन गरेको मुला बागलुङ महोत्सवमा प्रदर्शनका लागि ल्याउने बेलासम्मका अनेक किस्सा जोडिएका छन् ।

मुला पहिलो हुँदा रु ८५० पुरस्कार हात लाग्यो तर, त्यही मुलालाई उत्पादन गरेको ठाउँदेखि महोत्सव स्थलसम्म पुर्याउँदाको खर्चको कसैले हिसाब गरेको छैन । पौडेलले झण्डै रु १५ सय खर्च गरेर मुला महोत्सवस्थलसम्म पु¥याउनुभएको थियो । चारदेखि पाँच किलोग्रमसम्म रहेको मुलाले पहिलो पुरस्कार जित्ने बेलामा पौडेल जतिको खुशी हुनुहुन्थ्यो, उत्तिकै पीडाले उहाँको मन पोलेको थियो । मुला ल्याउँदाको ढुवानी, प्रदर्शनीको बेलासम्म बजार बसेर खाँदा बस्दाको खर्च र पुरस्कार तथा सम्मानबाट आउने रकम र त्यही मुला बिक्री गर्दा आउने रकमको रकमान्तर हेर्दा किसान सधैँ मारमा नै हुन्छन् । पूर्णप्रसादलाई पनि त्यो मारले छोडेन । उहाँ जस्तै २८ जना किसानले मङ्गलबार मन अमिलो बनाउँदै आफूले पाएको पुरस्कार ग्रहण गरेका छन् ।

गमलामा फलाएको खुसार्नी महोत्सवमा प्रदर्शन गर्नुभएका बागलुङ नगरपालिका–९ का पदमबहादुर खत्रीको पनि समस्या कम छैन । उहाँले पनि हजारौँको लगानीमा महोत्सवस्थलमा पु¥याएको खुसार्नीले फाइदा होइन, घाटाको व्यापार गरेको छ । हुन त खुसार्नी पहिलो नै भयो तर खर्चको एक तिहाइ पनि उठाएको छैन । छैटौँ बागलुङ महोत्सवको अवसरमा आयोजना गरीएको कृषि मेला प्रदर्शनीको संयोजनको जिम्मेवारी लिएको मिरमिरे कृषि सहकारी संस्थाले मङ्गलबार उत्कृष्ट हुने किसानका उत्पादनलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

आफ्नो प्रमुख नारा नै बनाएको उद्योग वाणिज्य सङ्घ तथा महोत्सव मुल आयोजक समितिले मुल समाररोहमा पुरस्कार वितरण नगरेकाले सहकारीले आफ्नो संयोजनमा रहेका सबै कृषकलाई बोलाएर मङ्गलबार पुरस्कार तथा सम्मान वितरण गरेको हो । महोत्सवमा प्रदर्शन गरिएमध्ये सात विधाका २८ कृषकलाई पुरस्कार वितरण गरिएको थियो । प्रदर्शनीमा सहभागी भएर प्रथम हुनेले रु एक हजार, द्वितीय हुनेले रु ७००, तृतीय हुनेले रु ५०० र सान्त्वना हुनेले रु ३०० प्राप्त गरेका छन् । उनीहरुले पाएको रकममा कर कट्टा गरिएको थियो ।

पुरस्कार तथा सम्मान कार्यक्रममा सहभागी किसानले राज्यले किसानको पीरमर्का नबुझेको गुनासो गरे । उनीहरुले राज्यले उपलब्ध गराएको सुविधासमेत झोलामा फाराम दर्ता गर्नेले वास्तविक किसानले पाउनबाट वञ्चित बनाएको गुनासो गरेका थिए ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य सङ्घका सहमहासचिव थानेश्वर सुवेदीले महोत्सव कृषि तथा पशुजन्य उत्पादनको प्रथमिकता हुँदाहुँदै पनि राज्यको नीति र उद्योग वाणिज्य सङ्घको सीमित स्रोतका कारण व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । कार्यक्रममा किसान तुलसीराम सापकोटा, माया खड्का, हीराबहादुर केसीले बोल्नुभएको थियो ।