१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

वर्षमा सात लाख पर्यटक भित्र्याउँछ कनकाई

वर्षमा सात लाख पर्यटक भित्र्याउँछ कनकाई
अ अ+ अ-

झापा । झापाको मध्य भागस्थित कनकाई नगरपालिका जिल्लामा सबैभन्दा बढी पर्यटक भित्र्याउने नगरको रुपमा चिनिन्छ ।

पर्यटकीय गन्तव्य थोरै भए पनि मुलुकमा कहलिएको जामनुखाडी सामुदायिक वन र व्यक्तिगत लगानीमा सञ्चालित ह्याप्पीलेण्ड फनपार्कले मात्र वर्षमा सात लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै आएका छन् ।

स्थानीय दिनेश शिवाकोटी र मनोज शिवाकोटीले रु १६ करोड खर्च गरेर कनकाई नगरपालिका–३ मा ह्याप्पीलेण्ड स्थापना गरेका हुन् । जहाँ वर्षमा मात्र पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकले दृश्यालोकन गरेको उनीहरुको भनाइ छ । उनीहरुले साढे पाँच बिघा जमिनमा आकर्षक पार्क, सेल्फीडाँडा, वाटरफल्स, आइफल टावर, पानीको फोहरा, बगैँचा र बाल उद्यानलगायतका कृत्रिम स्थान तयार गरी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन् । दुई वर्ष अघि स्थापना गरेको पार्कमा फिल्म, टेलिसिरियल, म्युजिक भिडियो र विवाहको फोटो सेसन गर्न आउनेको दैनिक भीड लाग्ने गरेको सञ्चालक दिनेश शिवाकोटीले बताउनुभयो ।

सुरुङ्गा बजारबाट करिब एक किलोमिटर उत्तर रहेको पार्कको प्रवेशद्वारमा रु १०० को टिकट काटेर प्रवेश गरेपछि सबैकुरा निःशुल्क हेर्न र पार्कभित्र रहेको पिङ, स्वमिङपुलमा निःशुल्क खेल्न सकिने उहाँको भनाइ छ । “नाफामुखी भन्दा सेवामुखी बनेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य भनेको सस्तो मल्यमा बहुआयमिक मनोरञ्जन गराउने हो ।”

पार्कमा नेपालका विरगञ्ज, हेटाँैडा, सिरहा, सप्तरीदेखि भारतको दार्जिलिङ, सिक्किम, आसम सिलुगढीदेखि विहारका विभिन्न स्थान, भूटान र बङ्लादेशका पर्यटक आउने गरेका छन् । पार्कभित्रै २५ वटा वनभोज ९पिकनिक० स्थल सञ्चालन भइरहेका छन् भने थप २० वटा बनिरहेका छन् ।

कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वन नेपालकै पहिलो पर्यापर्यटन प्रवद्र्धन गर्ने सामुदायिक वन हो । जहाँ वर्षमा दुई लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन् । पूर्वपश्चिम राजमार्गको सडकखण्डबाट दुई किलोमिटर उत्तरमा रहेको सो वनलाई प्रदेश सरकारले प्रादेशिक प्राणी उद्यान केन्द्र तथा मिनी चिडियाखाना बनाउनका लागि पूर्वधार तयार गरिरहेको छ ।

चार सय ३४ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वनभित्र, पाँचवटा ठूला पोखरी, झोलुङ्गे पुल, बाल उद्यान केन्द्र, ४० बढी वनभोजस्थल र विभिन्न जातका वन्यजन्तु रहेका छन् । जैविक विविधताले भरिपूर्ण सामुदायिक वनमा भारतको पश्चिम बङ्गाल, विहारदेखि नेपालकै विभिन्न स्थानबाट अध्ययन अनुसन्धानका लागि विद्यालयले विद्यार्थीसमेत लिएर आउने गरेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेमप्रसाद सिटौलाले बताउनुभयो ।

वनले पर्यटकलाई असुविधा नहोस् भनेर विभिन्न स्थानमा शौचालय, बिजुली बत्ती, खानेपानी र टहरासमेतको व्यवस्था गरेको उहाँको भनाइ छ । सो क्षेत्रमा आउने पर्यटकलाई खाना बस्नका लागि राम्रो प्रबन्ध भएका होटलसमेत छन् । नयाँ वर्ष २०७७ देखि स्थानीय क्षेत्रमा होमस्टे सञ्चालनको तयारी, कोसेली घर निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष सिटौलाको भनाइ छ ।

यहाँले आउने पर्यटकले रु ५० तिरेर वन क्षेत्रको अवलोकन भ्रमण गर्ने व्यवस्था मिलाइएको छ । उहाँले वन्यजन्तु हेर्ने पोखरीमा नौका विहार गर्ने पर्यटकले थप रु ५० का दरले तिर्नुपर्ने व्यवस्था गरिएको छ । वार्षिक टिकट बिक्रीबाट रु दुई करोड राजश्व सङ्कलन गर्दैै आएको वनले पाँच प्रतिशत स्थानीय सरकारलाई करबापत बुझाउने गरेको छ । वन परिसरमा ३०० व्यक्ति अटाउने क्षमताको हलसमेत बनाइएको छ । जहाँ जिल्लाबाट दैनिक जसो विभिन्न सङ्घसंस्थाका साधारणसभा, तालीम, गोष्ठी सञ्चालन भइरहने गरेको उहाँको भनाइ छ ।

अध्यक्ष सिटौलाले नेपाल भ्रमण वर्षलाई सफल पार्नका लागि बनमा आवश्यक पूर्वाधार थप भइरहेको बताउँदै भन्नुभयो, “यो वर्ष दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेका छौँ ।” उहाँले विद्यालयको आधिकारिक परिचयपत्र लिएर आएमा विद्यार्थीले २५ प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरले चालू आर्थिक वर्षमा मात्र पर्यापर्यटनका लागि रु एक करोड बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले निजी क्षेत्रमा सञ्चालन गरिएका पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न र सामुदायिकरुपमा सञ्चालित स्थानको पर्यापर्यटनलाई थप आकर्षक बनाउनका लागि सो बजेट खर्च गरिने बताउनुभयो ।

उहाँकै संयोजकत्वमा नेपाल भ्रमण वर्षलाई सफल पार्न र नगरका पर्यटकीय स्थानमा जतिसक्दो धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि २१ सदस्यीय नगर पर्यटन समितिसमेत बनेको छ । समितिले पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई पर्यटकमैत्री व्यवहार गराउने र पर्यटकीय सम्भाव्यता रहेको स्थानको अध्ययन गरेर पूर्वाधार निर्माण गरिने बताउनुभयो ।

कनकाई नगरपालिकाभित्र कोटीहोम, धनुषकोटी धाम र निजी लगानीमै सञ्चालित कनकाई फनपार्कलगायतका पर्यटकीय स्थान रहेका छन् ।