१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

तराईमा ‘तिलासक्रान्त’को चहलपहल

तराईमा ‘तिलासक्रान्त’को चहलपहल
अ अ+ अ-

निजगढ । पुस महिनाको अन्त्यसँगै माघे सङ्क्रान्ति अर्थात ‘तिलासक्रान्त’ पर्वको चहलपहल शुरु भएको छ । मध्यपूर्वी तराई क्षेत्रमा तिलासक्रान्तको रूपमा माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व बारासहित प्रदेश नम्बर २ का सबै जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै चहलपहल शुरु भएको छ ।

खासगरी तराईका जिल्लाका साथै मिथिला क्षेत्रमा माघेसङ्क्रान्ति अर्थात तिलासङ्क्रान्त पर्वमा तिल, मुरही र चिउरालाई ९सक्खर मिलाएर बनाइएका लड्डु० खाने÷खुवाउने प्रचलन रहेको छ । आदिवासी थारु, दनुवार, बातर र मुसहर समुदायको यो खास पर्व हो । यी जाति वा समुदाय केही साता पहिलेदेखि नै ‘तिलासङ्क्रान्ति’ का लागि सामानको जोहो गर्न लाग्ने गरेका छन् ।

मिथिलाञ्चलमा यो पर्वको समयमा घरमा छोरीचेली÷ज्वाइँचेला, भाञ्जाभाञ्जी र नातिनातिना सबै बोलाउने र रमाइलोका साथ यो पर्व मनाउने गरिन्छ । मिथिलाञ्चलका अन्य समुदायमा यस पर्वमा साकाहारी परिकारकै चलन रहे पनि थारु, दनुवार, मुसहर र बातर समुदायमा भने आआफ्नोे परम्पराअनुसार खसी, कुखुरा, हाँस र सँुगुरको मासु खाने÷खुवाउने परम्परा रहेको छ ।

आउनै लागेको तिलासङ्क्रान्तको तयारी अन्य बस्तीमा भन्दा थारु बस्तीमा विशेष देखिएको छ । थारुले पर्वका लागि खसी, कुखुरा र हाँसको व्यवस्था गरिसकेका छन् । मासुको व्यवस्थाबाहेक तिल, चिउरा र मुरही एवं छोराछोरीलाई नयाँ लुगाको प्रबन्ध गर्नुपर्ने परम्पराले यो पर्व आफ्नोे समुदायका लागि खास र अलि खर्चिलो हुने गरेको थारु अगुवा जयनारायण थारुले बताउनुभयो ।

वर्षमा एक पटक आउने चाड भए पनि हुनेखानेलाई मात्र चाडको रौनकले छोएको अर्का भुमे मुसहरको गुनासो छ । “हामी गरिबले भने पहिले नै चाडको सरसामानको व्यवस्था गर्नुपर्छ”, उहाँको भनाइ छ । तिलासङ्क्रान्त नजिकिएसँगै मिथिलाका बस्तीमा तिल कुट्ने, केलाउने र छाट्ने व्यस्तता बढेको छ । त्यसैगरी मुरही बनाउने र चिउरा कुट्ने चटारो पनि त्यतिकै देखिन्छ । पर्वका लागि बजारमा तिल, चिउरा र मुरही अहिलेदेखि नै भरिभराउ देखिएका छन् । यसबाहेक पर्वको सामान छोरीचेली र आफ्ना मितलाई कोसेलीस्वरुप पठाउने अनिवार्यजस्तै परम्पराले यो पर्वको तयारी मिथिलाञ्चलका लागि खास पर्व र महत्वको रहने गरेको छ ।

माघेसङ्क्रान्ति आएपछि तरुल खन्ने र बजारमा लगेर बेच्ने किसान पनि खुशी भएका छन् । आफ्नो खेतमा लगाएको तरुलले अहिले गत वर्षको तुलनामा निकै राम्रो मूल्य पाएपछि किसान खुशी भएका छन् । गएको वर्ष तरुलको मूल्य रु ३० किलोका दरले बिक्री वितरण भएको थियो भने अहिले प्रतिकिलो रु ५० देखि ८० सम्ममा बिक्री वितरण भइरहेको छ ।

जङ्गल नजिकै भएका कारण निजगढ नगरपालिकाअन्तर्गत रहेको साविकको रतनपुरी गाविसका स्थानीयले वन तरुल बेच्ने गरेका छन् । काठमाडौँसम्म पु¥याएर बेच्ने गरेको स्थानीय रमण घिमिरेले बताउनुभयो । अहिले वन तरुलको मूल्य बजारमा रु १५० रहेको छ ।