१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

आरक्षका हात्तीले मच्चाए आंतक

आरक्षका हात्तीले मच्चाए आंतक
अ अ+ अ-

सप्तरी । सप्तरीको उतरी भेगका बस्तीमा दैनिक हात्ती आतङक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई हैरान पार्ने गरेको पाइएको छ ।

पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडफोड गरेको छ । मध्यरातमा आएको हात्तीले गाउँपालिका कार्यालयसँगै जोडिएको वडा नं २ मा १ र वडा नं ४ का २ घर गरी तीन घरमा तोडफोड गरी क्षति गरेको पीडितहरुले जनाएका छन् ।

तीन वटाको समूहमा आएको ती हात्तीले आक्रमण गरी चामल, तोरी, तरकारी दाल, फर्निचर, घर र तरकारीबाली गरी रु ६० हजार बढीको धन सम्पत्ति खाएर र कुल्चेर नष्ट गरेको जनाइएको छ । उनीहरुले घरमा खानका लागि जोहो गरेर राखेको अन्नपातसमेत हात्तीले खाइदिएको छ ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा अझैसम्म हात्तीको आतङ्क नरोकिएपछि स्थानीयवासी दैनिक चिसोको बेला राति जाग्राम बस्नुपरेको पीडित बताउँछन् । पछिल्ला केही दिनदेखि लगातार जिल्लाको शम्भुनाथ नगरपालिका तथा अग्निसाइर कृष्णसवरन गाउँपालिकामा जङ्गलबाट आएको हात्तीको समूहले घर भत्काउँदा लाखौंँको क्षति भएको छ ।

जङ्गली हात्तीद्वारा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का दीपक खड्का र ४ का राजन पौडेल तथा टङ्क पौडेलको घरमा तोडफोड गर्दा घनमाल क्षति हुनुको साथै घरभित्र रहेको विभिन्न अन्न, चामल, धान, फर्निचर नष्ट गर्नुका साथै विभिन्न सामग्री कुल्चिएर तोडफोड गरेको पीडितहरुले बताएका छन् ।

हात्तीको समूहले शम्भुनाथ नगरपालिका–२ स्थित मोहम्मद सहादत मियाँका छोरा मो। हजरत मियाँ र मो। असरफ मियाँको घर भत्काई चामल, अन्न, धान, फर्निचर र घर भत्काई लाखौँंको क्षति गरेको छ ।

यस्तै हात्तीको समूहले घर भत्काउँदा सप्तरीको रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा छ घरपरिवार अहिले विचल्लीमा परेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट सात वटाको समूहमा आएको जङ्गली हात्तीको समूहले रुपनी गाउँपालिकाका बालकृष्ण खुलाल मगर, सुरज राई, दिनेश राई, चतुरमान राई र अग्निसाइर कृष्णासवरन गाउँपालिकाका डुब्जसिंह तामाङको घर भत्काउँदा उनीहरु विचल्लीमा परेका हुन् ।

छ परिवारलाई हातमुख जोड्न समस्या भएको स्थानीयवासी मिलन चौधरीले बताउनुभयो । एक दिन अगाडि मात्रै मध्यरातमा आएको हात्तीको समूहले घरभित्र रहेको टेलिभिजन, चामल, फर्निचर, लत्ताकपडा र दुई घरसहितमा तोडफोड गर्दा उनीहरु विचल्लीमा परेको स्थानीय बृजमान तमाङले बताउनुभयो । हात्तीले दुई वटै घर भत्किएकोले छिमेकीको घरमा शरण लिएर बसेको पीडित बालकृष्ण खुलाल मगरले बताउनुभयो ।

यस्तै चतुरमान राईको घरको टाटी भत्काउनुका साथै अन्नपात खाएर फर्निचर तोडफोड गर्दा रु ५० हजार भन्दा बढीको क्षति गरेको पीडितले बताउनुभयो । हात्तीले दिनेश राई र सुरज राईको घरमा तोडफोड गर्दा रु ३० हजार भन्दा बढी क्षति गरेको स्थानीयवासीले जनाएका छन् ।

चिसोमा रात काट्न कठिनाई भइरहेको पीडितले दुःखेसो पोखेका छन् । विगत पाँच वर्षदेखि हात्तीले दिनहँु दुःख दिँदासमेत कसैले नियन्त्रणमा चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । पटकपटक सम्बन्धित निकाय र सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको हात्ती प्रभावित क्षेत्रका बासिन्दा बताउँछन् ।

यस्तै सप्तरीको उत्तरपूर्वी भेगमा हात्तीले गर्दै आएको क्षति कम गर्न स्थानीय सरकारले मौरीपालनको योजना ल्याउन लागेको छ । कानून अभावका कारण दीर्घकालीनरूपमा जङ्गली हात्ती नियन्त्रण गर्न समस्या थपिएपछि विज्ञहरुको सुझावमा मौरीपालनको आयोजना अघि बढाइएको अग्निसाइर कृष्णसवरन गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताउनुभयो ।

विज्ञहरुसँग सुझाव सङ्कलन गर्दा विश्वकै परिप्रेक्षमा जङ्गली हात्ती नियन्त्रण गर्न कुनै पनि ठोस विकल्प नरहेको भन्दै प्रभावित क्षेत्रमा मौरीपालन गरेर क्षति कम हुने भएकोले सोही योजना कार्यान्वयन गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “धेरै ठाउँमा मौरीपालन गरेरै जङ्गली हात्ती नियन्त्रण गर्न सकिन्छ । गाउँपालिकाबाट सकेसम्म आर्थिक सहयोग दिएर भए पनि मौरीपालन गर्न लगाउनुपर्छ”, उहाँले भन्नुभयो, “एकातर्फ हात्ती नियन्त्रण हुन्छ भने अर्कोतर्फ मौरीपालनले स्थानीयवासीको आय पनि वृद्धि हुन्छ ।” सोही सुझावअनुसार प्रस्तावनासहित अनुमानित बजेटको खाका तयार पार्न लगाइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै हात्तीले घर भत्काएर खेतबारीमा लगाइएको अन्नबाली खाएर क्षति गर्दा पीडितलाई राहत उपल्बध गराइएको छ । अग्निसाइर कृष्णसवरन गाउँपालिकाले डेढ वर्षको अवधिमा रु १५ लाख वितरण गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकामा हात्ती पीडित परिवारलाई तत्काल रु पाँच हजारको दरले राहत वितरण गरिएको छ ।” डेढ वर्षको अवधिमा हालसम्म विपद्सँग जोडिएका घटनामा रु १५ लाख राहतस्वरूप वितरण गरिएको उहाँले बताउनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले जिल्लाको अग्निसाइर कृष्णसवरनसहित रुपनी, तिरहुँत र महादेवा गाउँपालिका तथा सप्तकोशी, कञ्चनरूप, खड्क, शम्भुनाथ र सुरुङ्गा नगरपालिकासहितका ठाउँमा वर्षौँैदेखि आतङ्क मच्चाउँदै आएको छ ।

हात्तीको आक्रमणबाट थुप्रै व्यक्तिले ज्यान गुमाउँदा पनि हात्ती नियन्त्रणतर्फ सङ्घीय सरकार र प्रदेश सरकारसमेत उदासीन देखिएकाले सो क्षेत्रका बासिन्दा पलायन हुने चिन्ता थपिएकोे छ । पछिल्लो तथ्याङ्कअनुसार हात्तीको आक्रमणबाट हालसम्म सप्तरीमा १९ व्यक्तिले ज्यान गुमाउनु परेको छ ।