२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाकै नेता भन्छन् – ट्रम्पले मध्यपूर्वमा बेकार तनाव निम्त्याए



अ+ अ-

न्युयोर्क । अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बेकारमा तनाव निम्त्याएको आरोप लगाएका छन् ।

डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहेका बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाए ।
उनले राष्ट्रपति ट्रम्पले विपक्षी दलहरु तथा अमेरिकी समूहका अरु सहयात्रीहरुसँग कुनै पनि परामर्श नगरी इरानी सैन्य कमाण्डरको हत्या गरेका र यसबाट मध्यपूर्वमा बेकारमा तनाव बढेको बताए ।
यदि इरानबाट अमेरिकाका लागि कुनै खतरा नै थियो भने पनि त्यसका विरुद्धमा राष्ट्रिय रुपमा विपक्षी र सत्तारुढ दलसँग सल्लाह गरेर यस्तो काम गर्नु पथ्र्याे- उनले भने ।

यदि अमेरिकाका विरुद्धमा त्यस्तो धम्की या खतरा नै भएको भए पनि त्यसको समाधानका बाटोहरु हुन्छन् भन्दै राष्ट्रपति ट्रम्पले हत्याको बाटो रोजेर इरान र उसका सहयोगी देशहरुलाई फेरि एकपटक अमेरिकाका विरुद्धमा लाग्न प्रोत्साहित गरेको बताए ।

उनले भने– हत्याबाट समस्याको समाधान खोज्नुहुदैनथ्यो, अहिले फेरि मध्यपूर्वमा अमेरिकाका विरुद्धमा बडो आपत्तिजनक नारा लागेका छन् त्यसको विम्मेवारी को हुन्छ ?

एउटा राष्ट्रपतिले मध्यपूर्वमा युद्ध गरिन्छ भनेर भन्नुले अमेरिका विरोधी भावना सिंगो मध्यपूर्वमा बढ्दै गएको र यसले बडो खतरनाक रुपमा युद्धको नजिक अमेरिकालाई पनि पुर्याएको उनको आरोप थियो । पूर्व उपराष्ट्रपति बाइडेनले आफ्ना विरोधीहरुलाई कस्तो व्यवहार गर्ने र कसरी हराउने भन्ने तरिका राष्ट्रपति ट्रम्पलाई थाहा नै नभएको बताए ।




भर्खरै