१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाकै नेता भन्छन् – ट्रम्पले मध्यपूर्वमा बेकार तनाव निम्त्याए



अ+ अ-

न्युयोर्क । अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बेकारमा तनाव निम्त्याएको आरोप लगाएका छन् ।

डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहेका बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाए ।
उनले राष्ट्रपति ट्रम्पले विपक्षी दलहरु तथा अमेरिकी समूहका अरु सहयात्रीहरुसँग कुनै पनि परामर्श नगरी इरानी सैन्य कमाण्डरको हत्या गरेका र यसबाट मध्यपूर्वमा बेकारमा तनाव बढेको बताए ।
यदि इरानबाट अमेरिकाका लागि कुनै खतरा नै थियो भने पनि त्यसका विरुद्धमा राष्ट्रिय रुपमा विपक्षी र सत्तारुढ दलसँग सल्लाह गरेर यस्तो काम गर्नु पथ्र्याे- उनले भने ।

यदि अमेरिकाका विरुद्धमा त्यस्तो धम्की या खतरा नै भएको भए पनि त्यसको समाधानका बाटोहरु हुन्छन् भन्दै राष्ट्रपति ट्रम्पले हत्याको बाटो रोजेर इरान र उसका सहयोगी देशहरुलाई फेरि एकपटक अमेरिकाका विरुद्धमा लाग्न प्रोत्साहित गरेको बताए ।

उनले भने– हत्याबाट समस्याको समाधान खोज्नुहुदैनथ्यो, अहिले फेरि मध्यपूर्वमा अमेरिकाका विरुद्धमा बडो आपत्तिजनक नारा लागेका छन् त्यसको विम्मेवारी को हुन्छ ?

एउटा राष्ट्रपतिले मध्यपूर्वमा युद्ध गरिन्छ भनेर भन्नुले अमेरिका विरोधी भावना सिंगो मध्यपूर्वमा बढ्दै गएको र यसले बडो खतरनाक रुपमा युद्धको नजिक अमेरिकालाई पनि पुर्याएको उनको आरोप थियो । पूर्व उपराष्ट्रपति बाइडेनले आफ्ना विरोधीहरुलाई कस्तो व्यवहार गर्ने र कसरी हराउने भन्ने तरिका राष्ट्रपति ट्रम्पलाई थाहा नै नभएको बताए ।