२५ भाद्र २०८३, बिहीबार
,
Latest
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावित अधियामा जग्गा कमाउँदै



अ+ अ-

रसुवा । भूकम्पका कारण विस्थापित भई खाल्टे बगरमा बसोवास गरेका साविक हाकु गोगनेवासी अधियामा जग्गा कमाउन थालेका छन् । विस्थापितमध्येका परमासिंह तामाङले जीविकोपार्जनका लागि धौधौ परेपछि बेत्रावती बोगटीटारका बासिन्दाको स्वामित्वमा रहेको जमिन खनजोत गर्न थालेका बताउनुभयो ।

खाल्टे बगरमा बस्ने करिब २०० घर परिवारको बसोवास खोलाबगरमा भएको र अधिकांशले कृषिउपज आधा/आधा दिने लिने शर्तमा बाली रोपण गर्न पाइएका कारण बिहान बेलुका छाक टार्न केही सहजता आएको भूकम्प प्रभावित बासिन्दाले बताएका छन् । कोही अर्काको खेतबारीमा काम गर्न खेतला जाने, कोही अन्य मजदूरीसमेतका विविध पेशा गरी खाद्यान्नको जोहो गरे पनि उत्तरगया गाउँपालिका–५ मा अवस्थित त्रिशूली नदीको बगरमा बस्ती रहेको, जस्ताको टहरामा बास, जाडो याममा चिसो, गर्मीयाममा धुलो, वर्षामा खोला बाढी आउने डरजस्ता समस्या भोग्नुपरेकामा प्रभावितहरुको दुखेसो गरेका छन् ।

अहिले जाडो महिनाको याममा जस्ताको ओसले चिसो हुँदा वृद्धवृद्धा र बालबालिकालाई थप समस्या भइरहेको तामाङले जानकारी दिनुभयो । यस्तै बगरमा बस्दा अनेकौँ पीडा भए पनि बालबालिकाको पठनपाठनप्रति भूकम्पबाट विस्थापित परिवारले खुशी मानेका छन् । भूकम्प अगाडि हाकुको गोगनेमा पढाइ राम्रो नहुँदा बालबालिकालाई अन्यत्र विद्यालय पठाउनुपर्ने अवस्था थियो अहिले बेत्रावती क्षेत्रमा पठनपाठनको राम्रो व्यवस्थाले पढाइको गुणस्तर राम्रो, चनाखोपन, शारीरिक व्यायामका लागि खेलकूदजस्ता विविध गतिविधिले ती बालबालिकाको मनोबल उच्च हुँदै गएको बताइएको छ ।