१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

भगवान् पुकार्दै हिमालपारिको यात्रा

भगवान् पुकार्दै हिमालपारिको यात्रा
अ अ+ अ-

लमजुङ । उतिबेला अहिले जस्तो डोजर र स्काभेटर चलाइएको हैन, घन, छिनो र साबेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भिर, त्यो भन्दा तल रिँगटा लाग्ने गड्गडाउँदै बगिरहेको निलो मस्र्याङ्दी नदी । माथि उस्तै अजंगको चट्टानी पहरो । यो अवस्था हिमालपारिको जिल्ला मनाङ जाने सडकको हो ।

अग्ला पहाड फोडेर बनाएको साँघुरो सडक । माथि हेर्दा अक्करे भिर तलतिर जिउ नै सिरिंग हुने खोँच । त्यहीँमाथि ठाउँठाउँमा भत्किएर जोखिमपूर्ण बनेको सडक । त्यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु भगवान्को नाम पुकार्दै यात्रा गर्न बाध्य छन् ।

विश्वविख्यात अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मनाङमा वर्षेनी हजारौँ पर्यटक ओहोर–दोहोर गर्छन् । तर, उनीहरूको यो यात्रा भगवान् भरोसामा चलिरहेको छ । मनाङ सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप ०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौलीले निर्माण सुरु गरेको थियो । योजना कार्यान्वयन भएसँगै माओवादी सशस्त्र द्वन्द्व सुरु भयो । यससँगै अन्य कारणले अवरुद्ध भएको सडक निर्माणको जिम्मा तत्कालीन शाही नेपाली सेनालाई दिइयो । ०५७ सालमा सेनाले सडक निर्माणको जिम्मा पाए पनि काम भने ०६९ मा मात्रै सकियो । निर्माण सुरु भएको १८ वर्षपछि मात्रै बेँसीसहर–चामे सडकखण्ड निर्माण पूरा भयो र मोटर चढेर मनाङ पुग्ने स्थानीयवासीको सपना पूरा भयो । सेनाले बादरसमेत लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी राखेर सडक निमार्ण गर्न सफल भयो । बाटो निर्माणकै क्रममा केही सेनाको मृत्युसमेत हुन पुग्यो । केही घाईते भए । त्यही सडकमा भगवान् पुकार्दै ज्यानको बाजी राखेर हिमालपारिको यात्रा गर्ने गर्दछन् यात्रु तथा पर्यटक ।

ट्रयाक खुल्यो, तर स्तरोन्नति भएन
१८ वर्ष लाएर निर्माण भएको बेँसीसहर–चामे सडक राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि स्तरोन्नति भएको छैन । जसका कारण मनाङको यात्रा भगवान् भरोसामा चल्दै आएको छ । सडक डिभिजन कार्यालय दमौलीको जिम्मामा परेको यो सडकखण्डमा क्रमागत रूपमा रकम विनियोजन भइरहेको छ । तर, सम्झौताबमोजिम काम नहुने र सडक डिभिजन कार्यालयले पनि चासो नपु¥याउँदा सडकमा सुधार हुन सकेको छैन । “सडकको स्तरोन्नति हुन नसक्दा मनाङका सम्भावना ओझेलमा परिरहेका छन्”, मनाङ–चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले भन्नुभयो, “चाँडै नै सडकको स्तरोन्नतिसँगै मनाङ विकासमा छलाङ मार्छ ।”

लमजुङको खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै सदरमुकाम चामेबजार, भ्राताङ, पिसाङ, माथिल्लो मनाङ र खाङसारसम्म जिप चल्छ । बेँसीसहर–चामे ६५ किलोमिटर, चामे–माथिल्लो मनाङ ३५ किलोमिटर र माथिल्लो मनाङदेखि खाङसारसम्म करिब ७ किलोमिटर सडकखण्ड गरी करिब एक सय सात किलोमिटर यात्रा निकै जोखिमपूर्ण रहेको स्थानीयवासी बताउँछन् । व्यक्तिगत कामकाज, घुमफिरदेखि व्यापार–व्यवसाय गर्ने, सरकारी तथा गैरसरकारी निकाय र विद्यालयका शिक्षक, कर्मचारी यो सडकका नियमित यात्रु हुन् । अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएको छ । अग्लो भिर, साना मोड, ग्रेडिङ नमिलेका कारण थप जोखिमपूर्ण रहेको स्थानीयवासीको भनाइ छ ।

भिरैभिर र मस्र्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा बँेसीशहर–चामे सडकमा ज्यानको बाजी राख्दै भगवान् भरोसामा हिमालपारिको यात्रा गर्न बाध्य हुँदै आएका छन्, यात्रु तथा पर्यटक । सडकको स्तरोन्नति हुन नसक्दा भने मनाङवासी निकै निराश बनेका छन् । उनीहरु मात्रै नभई लमजुङवासी, यात्रु तथा पर्यटकसमेत चिन्तित भएका छन् । सबैको एउटै चाहना छ, सडक गुणस्तरीय होस । सडक दुर्घटना जोखिम न्यून रहोस् ।

नेपाली सेनाले २०६९ सालमा सडक निर्माण कार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । नेपाली सेना कार्यदल गणका इञ्जिनीयर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण भएको हो । बेँसीशहर–चामे सडक पार गर्न झण्डै छ घण्टा समय लाग्छ । ठूला ठूला चट्टान ढुङ्गाको बीचै बीच ।

मस्र्याङ्दी नदीबाट ३०० देखि एक हजार फिट माथिमाथि हुँदै सवारीसाधन चल्छ । यात्रा नसकिञ्जेलसम्मै यात्रु डराइडराइ मनाङ पुग्ने गर्दछन् । मनाङबाट आउने यात्रु तथा पर्यटकको मन पनि उस्तै हुने गर्दछन् । उनीहरु यात्रा नसकिञ्जेल भगवान्लाई पुकार गर्ने गर्दछन् ।

ठूला सवारी चलाउन मुस्किलः सडक डिभिजन

डिभिजन सडक कार्यालय दमौलीका अनुसार लमजुङतर्फका ताघ्रिङ, स्याँगे, अर्खले, च्याम्चे, जगतखण्ड र मनाङतर्फका तालबजार आसपास, म्यार्दी भिर, तिमाङ छहरा, तिमाङ भिर, भ्राताङ–स्वर्गद्वारी खण्ड उच्च जोखिमयुक्त छन् । ती सडकखण्डका अप्ठ्यारा केही ठाउँमा ढलान गरिएको र कतिपय स्थानमा ढुंगा ‘सोलिङ’ गरेर केही सहज बनाएको छ । ठूला सवारी गुडाउन असहज हुँदा जिप नै चल्ने गर्छन् ।