२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ महिनादेखि अञ्चल अस्पतालमा बेवारिसे अवस्थामा महिला



अ+ अ-

झापा । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा छ महिनादेखि एक महिला बेवारिसे अवस्थामा रहेकी छन् ।

प्रहरीले सडकबाट उद्धार गरी छ महिना अगाडि अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिदिएको थियो । उनी हाल रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक कोही पनि लिन नआएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले महिलाको आफन्त खोजी दिन वा संरक्षण गरिदिन सरोकारवाला निकायसमक्ष अनुरोध गरेको छ ।

राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न नसक्ने ती महिला आफू भारतको दार्जिलिङ बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । कसरी नेपाल आइन भन्ने उनी स्वयंलाई थाहा छैन । उनको छिरिङ नाम गरेको छोरो रहेको जानकारी दिएकी छिन् । दोहोरो कुराकानीसमेत गर्न नसक्ने उनी आफ्नो नाम डिकी तामाङ भएको बताउँछिन् ।

करिब ६० वर्षीया उनलाई प्रहरीले खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो । अस्पतालको मेडिकल वार्डका इञ्चार्ज बिपी चौधरीले आफन्तको खोजी गरे पनि पत्ता लाग्न नसेको बताउनुभयो ।

“रेखदेख गर्ने आफन्त नभएका कारण अस्पतालले उनको सरसफाइमा दैनिक रु १०० खर्च गरिरहेको छ”, उहाँले भन्नुभयो, “बिरामी आफैँ हिँड्डुल गर्न सक्ने अवस्था छैन ।” यता, सामाजिक अभियन्ता पुण्यप्रभा सुब्बा महिलाको आफन्त खोजीका लागि सक्रिय भएको बताउनुभयो । उहाँले विभिन्न सञ्चारमाध्यम तथा सम्पर्क व्यक्तिमार्फत महिलाको आफन्तको खोजी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रयास भइरहेको छ, तर अहिलेसम्म फेला परेको छैन ।”