२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदुरपश्चिमका जनताको आवाज सिंहदरबारमा



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बिहिबारको बैठकको शुन्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विवादास्पद मिडिया काउन्सिल विधेयक, नेपाल विशेष विधेयक र सुचना प्रविधि विधेयक बहुमतका आधारमा पास गर्ने काम भए संविधान प्रदत्त हक नरहने भन्दै मौलिक हक हनन गर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो । सरकार क्षमता प्रर्दशन गरेर लोकप्रिय बन्नुको सट्टा डर, भय र त्रासबाट शासन चलाउने लक्ष्यमा उद्धत रहेको आरोप उहाँले लगाउनुभयो । उहाँले मौलिक हकमा बन्देज लगाउने विधेयकहरुलाई खास विधेयकको रुपमा राखेर राष्ट्रियसभा नियमावलिले गरेको व्यवस्था अनुसार जनतामा लगेर अन्तिम टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रियसभा सदस्य महेश कुमार महराले देशकै सबै भन्दा ठूलो परियोजना पश्चिम सेती परियोजनाको काम अगाडि बढ्न नसकेकोमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । केन्द्रीकृत राज्य संरचनामा पछि परेको सुुदुरपश्चिमका जनताले संघीय शासन प्रणाली पछि पनि राहतको अनुभुति गर्न नसकेको भन्दै त्यस क्षेत्रलाई फेरी पनि पछि पार्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो “कर्णाली पारी पनि सुदुरपश्चिम प्रदेश छ भन्ने सिंहदरबारले विर्सनु हुदैन किन कि त्यो प्रदेश पनि नेपालको अभिभाज्य अंग हो । यो कुरा सुदुरपश्चिमका जनताले सिंहदरबारलाई सुनाईदिनु भनेकाले आज सम्मानित सदनमा कुरा राखेँ ।”

राष्ट्रियसभा सदस्य रमेश प्रसाद यादवले पशुपति विकास क्षेत्रमा रहेको १८ सय रोपनी जग्गाका पूर्जा पशुपति विकास क्षेत्रको नाममा नभएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कोषका नाममा रहेको जग्गाको पूर्जा तत्काल कोषकै नाममा ल्याउने व्यवस्था मिलाउन आग्रह पनि गर्नुभयो ।

राष्ट्रियसभा सदस्य राम नारायण विडारीले थोत्रा सवारी साधन गाउमा पठाउने काम रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । थोत्रा सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु बोकेका कारण हुने दुर्घटना र प्राविधि अध्ययन विना जथाभावी डोजर चलाएर समस्या निम्त्याउने काम नरोकिएको भन्दै सडक निर्माणका सिद्धान्त अबलम्बन गरी मानविय क्षतिलाई रोक्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य कालिबहादुर मल्लले विश्वमा अन्तरविरोधका रंगहरु देखापरेको र शित युद्धका बादलहरु मडारिएको अवस्था रहेको भन्दै ती अशान्तीका बादलहरु स्वदेश भित्रन नदिन सबै दलहरुलाई सचेत हुन आग्रह गर्दै यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसअघि शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य दिल कुमारी रावल पार्वतीले चितवन राष्ट्रिय निकुञ्जबाट मानव वस्तीमा बसेर जंगलीहात्तीले खेतमा लगाएको बाली तथा घर भित्रका अन्नमा पनि क्षति पुर्याएकाले जंगली हात्तीलाई तुरुन्त नियन्त्रण गरी जंगली जनावर र मानवबीचको द्धन्द्ध अन्त्य गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

युटोल तामाङ्गले आदिवासी जनजातिहरुका आयोग गठनमा ढिलाई भएकोमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।




भर्खरै