१९ श्रावण २०८३, मंगलवार
,
Latest
सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः यस्तो छ सुपर आठ खेलको तालिका



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२६ को सुपर–८ टोलीको टुङ्गो लागिसकेको छ । २० टिमको सहभागिता रहेको प्रतियोगितामा ५/५ टोलीलाई ४ फरक समूहमा विभाजन गरिएको थियो । ३६ खेल सकिएपछि मात्रै अर्को चरणका लागि ८ टोलीको टुंगो लागेको थियो ।

सुपर–८ मा भारत र पाकिस्तान समूह ‘ए’ बाट छनोट भएका छन् । समूह बी मा रहेको श्रीलंका र जिम्बाब्वे छनोट भएका छन् भने समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेस्ट इन्डिज रसमूह ‘डी’ बाट न्युजिल्यान्ड र दक्षिण अफ्रिका सुपर–८ मा प्रवेश गरेका छन् ।

सुपर ८ अन्तर्गत ३ दिन डबल हेडर हुने

सुपर–८ चरणमा आठ टोलीलाई २ समूहमा विभाजित गरिएको छ । प्रत्येक टोलीले आफ्नो समूहमा एक अर्कासँग ३–३ खेल खेल्नेछन् । दुवै समूहका शीर्ष २ टोलीले अर्को चरणमा प्रवेश गर्नेछन् । सुपर–८ चरणमा २२ र २६ फेब्रुअरी र मार्च १ मा २–२ खेल हुनेछन् भने बाँकी दिनहरूमा १–१ खेल मात्र हुनेछ।

प्रतियोगिताको सुपर ८ चरणको खेल २१ फेब्रुअरीबाट सुरु हुनेछ । पहिलो खेल न्युजिल्यान्ड र पाकिस्तानबीच हुनेछ ।

प्रतियोगीताको पहिलो सेमिफाइनल मार्च ४ मा हुनेछ भने दोस्रो सेमिफाइनल मार्च ५ मा वानखेडे रंगशालामा हुनेछ । यी जित्ने टोलीले मार्च ८ मा फाइनलमा प्रतिस्पर्धा गर्नेछ। फाईनल खेलको लागि रंगशाला छनौट गरिएको छैन । पाकिस्तान नकआउट राउण्डमा प्रवेश गरेमा सबै खेल कोलम्बोमा हुनेछन् ।

प्रतियोगितामा २० टोलीबाट अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, इटाली, नेपाल, अफगानिस्तान, युएई, नामिबिया, अमेरिका, नेदरल्याण्ड र क्यानडा लिग चरणबाट बाहिरिसकेका छन् ।