१० असार २०८३, बुधबार
,
Latest
‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मदिरामा पुराना चप्पल र खुर्सानी



अ+ अ-

बागलुङ । जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ । बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारीलगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ ।

जाँडमा पुराना चप्पल, जुत्ता र खुर्सानीसमेत मिसावट गरिएको पाइएको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताउनुभयो । उहाँले घरेलु मदिरा उत्पादक र प्रयोगकर्तालाई सचेत हुन आग्रह गर्नुभयो । स्थानीय ‘योङ ओमन लिडर महिला समूह’को सक्रियतामा प्रहरीले मदिरा बनाउन प्रयोग हुने जाँड बरामद गरेको हो । ‘समुदाय–प्रहरी’ साझेदारी कार्यक्रम शुरु भएपछि सामाजिक विकृति न्यूनीकरणमा सहजता थपिएको छ ।