१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण



अ+ अ-

काठमाडौं। ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरिएको छ ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गर्नुभएको हो । मन्त्री मानन्धरले हन्तान्तरण गरिएका सामग्रीहरले ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने बताउनुभयो ।

पैदल यात्रुलाई व्यवस्थित गर्न सकिए सम्पूर्ण ट्राफिक नै व्यवस्थापन हुने बताउँदै मन्त्री मानन्धरले बाटो काट्दा स्टप लेखिएको बोर्ड बोकेर पास गर्नुपर्ने र माइकबाट पनि सन्देश प्रभाह हुने बताउनुभयो । ‘पैदाल यात्रुले जेब्रा क्रसिङ वा आकाशे पुलबाट मात्रै बाटो काट्नुहोला, बाटो काट्दा सडकको दायाँबायाँ अनिवार्य हेर्नुहोला’ जस्ता सन्देश माइकमा बस्ने उहाँले बताउनुभयो ।

सुरुमा सिंहदरबार र बानेश्वरमा परिक्षणका रुपमा उक्त सामग्रीहरु प्रयोग गरिने छन् । ट्राफिकलाई प्राप्त सामग्रीहरुको भरपुर उपयोग गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बताउनुभयो ।