१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिलिपको हत्या प्रकरणमा पक्राउ परे महतो



अ+ अ-

धनुषा । क्रसर संचालक विपिन कुमार महतो पक्राउ परेका छन्। उनिमाथी नदी उत्खननको विरोध गर्ने दिलिप कुमार महतोको हत्या गरेको आरोप लागेको छ ।

शनिवार विहान करिब १० बजे विपिनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचौक नजिकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन्। प्रहरीले शुक्रबार अनुसन्धानका लागि दिलिपका साथी रोशन यादव, टिपर चालक मुनिन्द्र महतोलाई पक्राउ गरेको थियो ।

शुक्रबार बिहान करिब ४ बजेको समयमा नदीमा भईरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिप भन्ने ओमप्रकाश महतोको टिपरले किचेर हत्या गरिएको थियो।

हत्या पछि परिवारजनले क्रसर सञ्चालक विपिन महतो सहित स्थानिय प्रशासन, वडाध्यक्ष लगायतको संलग्नतामा हत्या गरेको आरोप लगाइरहेका छन्।