१० असार २०८३, बुधबार
,
Latest
कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको व्यक्तिगत काम र स्वार्थका लागि सरकारी गाडी प्रयोग प्रवृती



अ+ अ-

द्रोण अधिकारी

भद्रपुर । नागरिकको सेवा गर्न खटिने कर्मचारीलाई सार्वजनिक कामका लागि सुविधा दिन दिइएका सरकारी गाडी कर्मचारीको व्यक्तिगत काम र स्वार्थका लागि दुरूपयोग हुने प्रवृत्ति बढ्दै गइरहेको छ । सार्वजनिक जीवन शैलीको जिम्मेवारी पाएका सरकारी कार्यालयका प्रमुख तथा अधिकृत लगायतका कर्मचारीले पाएका सरकारी गाडी विदाका दिनमा समेत व्यक्तिगत प्रयोजनका लागि घुमफिर गर्न, मनोरञ्जनलिन तथा व्यक्तिगत किनमेल, भेटघाटमा प्रयोग गरी दुरूपयोग गर्ने प्रबृत्ति बढेको हो ।

शनिवार हल्दिवारी स्थित भेलागडी सामुदायिक वन समूह भित्र रहेको सिमसार क्षेत्रको वनभोज स्थलमा मात्र दर्जन बढी सरकारी गाडी तथा मोटर साइकल दुरूपयोग गरी विभिन्न कार्यालयका कर्मचारीहरूले लगेको पाइएको छ । सार्वजनिक विदाका दिन सरकारी काम बाहेक सरकारी सवारी साधन प्रयोग गर्न नपाइने प्रावधान मिचेर दर्जन बढी सवारी साध दुरूपयो गरिएको पाइएको हो । अधिकाम्स कार्यालयका प्रमुख लगायत पहुँचवाला कर्मचारीले कानुनी प्रावधान मिचेर सरकारी सवारी साधन प्रयोग गरेका थिए । झापामा सरकारी नम्बर प्लेट भएका सवारी साधन वनभोजमा प्रयोग गरिएको पाइएको छ ।

विषेश गरी शनिवार र सार्वजनिक विदाका दिन कर्मचारीहरूले सरकारी सवारी साधनको दोहन गरिरहेका छन् । शनिबार हल्दीबारी २ स्थित भेलागढी सिमसारमा दर्जनौँ गाडी तथा मोटरसाइकल फेला परेका थिए । सरकारी काम बाहेक अन्य समयमा सवारी प्रयोग गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्ने नियम भएपनि सो विपरीत कार्यालय प्रमुख तथा कर्मचारीले खुलेआम सरकारी सवारी साधन प्रयोग गरेर वनभोजमा रमाएका थिए । वनभोज स्थलभन्दा केही पर सवारी पार्किङ् गरेर राखिएका थिए ।

अनुगमनको क्रममा पुगेका सञ्चारकर्मीलाइ देखेपछि केही सवारी फिर्ता गएका थिए । वनभोज स्थलमा प्रदेश १–०१–००१ ब ९९५,मे १ ब ९२९ ,बा २ झ ३७७४,बा २ झ १२०७ लगायत दर्जनभन्दा बढी सवारी साधन भेटिएका थिए । वनभोजमा मात्र नभएर कार्यालय समयभन्दा बाहिर होटल, विवाह,राजनीतिक दलको कार्यक्रम लगायतका स्थानमा समेत सवारी साधन प्रयोग गरिरहेका छन् ।

कानून कार्यान्वयन गर्ने निकाय फितलो र ट्राफिक प्रहरीको वेवास्ताले कर्मचारीहरुले सरकारी गाडी नीजि वनाइसकेको वन भोज स्थलमा भेटिएका एक व्यक्तिले गुनासो छ । निजी सवारी घरमा राखेर सरकारी गाडी लिएर आउनु गलत भएको ती व्यक्तिको भनाइ थियो ।
वनभोजमा सरकारी सवारी साधन लैजानु कानून विपरीत भएको झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले बताए । ‘लैजानु हुदैनथ्यो लगेको भए इलिगल भयो रानाको भनाइ हो’ ।




भर्खरै