१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौँ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद अर्न्तगत प्रतिनिधिसभाको बैठक सुचना टाँस गरि स्थगित गरिएको हो ।

सत्तारुढ नेकपाको शनिबारको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने आइतबारको बैठक आफैं चलाउने बताएकी थिइन् । आइतबार सभामुख उम्मेदवार चयनका लागि बालुवाटारमा भएको दुई अध्यक्षको बैठकमा उपसभामुख तुम्बाहाङ्फे सहभागी भएलगत्तै बैठक स्थगनको सुचना टाँस गरिएको हो ।