१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटमा अस्ट्रेलियाको विजयी सुरुआत



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत नाथान एलिस र एडम जाम्पाको प्रभावशाली खेल सहित अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ ।

श्रीलंकाको कोलम्बो स्थित आर प्रेमदासा रंगशालामा भएको खेलमा अस्ट्रेलियाले तुलनात्मक रुपमा कमजोर टिम आयरल्यान्डलाई ६७ रनले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ४५, म्याट रेनस र जस इङलिसले समान ३७ रन, क्यामरुन ग्रिनले २१ रन बनाएका थिए ।

जितका लागि १८३ रनको विजयी लक्ष पछ्याएको आयरल्यान्डले १६.५ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।

आयरल्यान्डका लागि जर्ज डकरेलले सर्वाधिक ४१ रन बनाएका थिए भने लरकान टकरले २४ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तैमा पभेलियन फर्केका थिए ।

अस्ट्रेलियाका लागि एडम जाम्पा र नाथान एलिसले समान चार चार विकेट लिएका थिए । एक विकेट म्याथ्यु कुह्नमानले लिएका थिए । कप्तान पल स्टर्लिङ १ रन बनाएर रिटायर्ड हर्ट भएका थिए ।

समूह सी मा रहेको अस्ट्रेलियाले यो जितसँगै १ खेलबाट २ अंक बटुलेको छ ।

यस समूहमा अस्ट्रेलिया, आयरल्यान्ड, आयोजक श्रीलंका, जिम्बाबे र ओमान रहेका छन् । श्रीलंका र जिम्बाबेले पनि एक एक खेल जितेर दुई दुई अंक बटुलेका छन् ।

तेस्रो खेल

वेस्ट इन्डिज vs इङल्यान्ड