१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि
अ अ+ अ-

देवदह। आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा रु छ अर्ब ६३ करोड ७० लाख ५१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको यस कार्यालयले रु आठ अर्ब १७ करोड १९ लाख ९७ हजार सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार गत आव २०८१/०८२ को सोही अवधिभन्दा यस वर्ष ४७ दशमलव चार प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ । चालु आवको पुससम्म लक्ष्यभन्दा रु एक अर्ब ५३ करोड बढी अर्थात् लक्ष्यभन्दा २३ दशमलव एक प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । गत आवको तुलनामा यो रु दुई अर्ब ६३ करोडले बढी हो ।

चालु आवको पुस महिनामा रु एक अर्ब २६ करोड ८७ लाख १३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको कार्यालयले रु एक अर्ब ६६ करोड ८७ लाख ९१ हजार अर्थात् लक्ष्यको ३१ दशमलव पाँच प्रतिशत बढी सङ्कलन गरेको छ । आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय भैरहवालाई चालु आव २०८२/०८३ मा रु १५ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

आन्तरिक राजस्व कार्यालयको सक्रियताका कारण कर सङ्कलनमा उल्लेख्य वृद्धि भएको यहाँ कार्यरत कर्मचारी दाबी छ । अर्थतन्त्रमा परिसूचकमा देखिएको सुधार र स्थानीयस्तरमा बक्यौता असुलीका लागि कार्यालयको पहलबाट लक्ष्यभन्दा माथि कर सङ्कलन भएको कार्यालयले जनाएको छ ।

करदाताको घर ठेगाना, कारोबारस्थलमा पत्राचार गर्ने, एसएमएस र टेलिफोनबाट सूचित गर्ने, स्थानीय तहसँग समन्वय गरेर सूचना टाँस गर्ने, नियमित, क्षेत्रगत र प्रभावकारी रूपमा बजार अनुगमन, आर्थिक गतिविधिमा पनि केही वृद्धि भएको कारण राजस्व सङ्कलन बढेको प्रमुख कर अधिकृत पोख्रेलको भनाइ छ ।

यस अवधिमा बजेटले दिएका छुट सुविधा कार्यान्यवन, करदाता शिक्षालाई बढी प्रभावकारी, नक्कली बिजक जारी गर्ने करदातालाई कारबाही गरिएको उहाँले बताउनुभयो । कर छलीलाई न्यूनीकरण गर्ने प्रयास गरिएको उहाँको भनाइ छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवाले करदाताबाट बाँकी–बक्यौता असुली गर्दै राजस्व सङ्कलन बढाउने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको थियो । कार्यालयले २०८२ कात्तिकदेखि पुससम्म सञ्चालन गरेको यो अभियानबाट रु १२ करोड ६२ लाख बक्यौता राजस्व सङ्कलन भएको छ । आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाएका करदातासम्म प्रत्यक्ष पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरिएको थियो ।

कर अधिकृत गौरव पाण्डेका अनुसार पुस महिनासम्म मूल्य अभिवृद्धि कर विवरण, कर र लाग्ने २५ प्रतिशत ब्याज बुझाउने करदातालाई अन्य जरिवाना तथा थप दस्तुर (कर र ब्याजको २५ प्रतिशत) पूर्ण रूपमा मिनाहा गरिएको थियो ।

त्यस्तै अन्तःशुल्कमा लाग्ने विलम्ब शुल्कको ५० प्रतिशत बुझाएमा बाँकी विलम्ब शुल्क र जरिवाना पनि मिनाहा हुने व्यवस्था गरिएको थियो । सो अवधिमा २१३ जनाले छुट सुविधा लिनुभएको प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो । मूल्य अभिवृद्धि कर विवरण नबुझाउने नौ प्रतिशत अर्थात् ४१९ जना करदाता हटाइएको हटाइएको उहाँले जानकारी दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा एक लाख १० हजारभन्दा बढी व्यावसायिक करदाता छन् । यो कार्यालयको कार्यक्षेत्रमा हरून्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नम्बर १ देखि ४ तथा ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई, सियारी तथा शुद्धोदन गाउँपालिकाको वडा नम्बर ३ र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला पर्छ । रासस