१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि आगामी फागुन ४ गतेसम्म

झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि आगामी फागुन ४ गतेसम्म
अ अ+ अ-

बनियानी। झापा गोल्डकपको सातौँ संस्करणको मुख्य प्रायोजन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ले गर्ने भएको छ ।

झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित सातौँ संस्करणका लागि एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ र झापा गोल्डकपबीच शुक्रबार सम्झौता भएको छ । सम्झौता पत्रमा झापा गोल्डकपका अध्यक्ष केदार गिरी र एग्रो थाई फुड्सका कन्ट्री म्यानेजर पवन श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा यही माघ २४ गतेदेखि सञ्चालन हुने प्रतियोगिता आगामी फागुन ४ गतेसम्म चल्ने छ । यो संस्करणमा पुरस्कार राशि वृद्धि गरी प्रथम पुरस्कार रू १५ लाख र द्वितीय पुरस्कार नगद रू सात लाख ५० हजार बनाइएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकल प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही रू ३५ हजार नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद रू २५ हजार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० प्रतिष्ठित टोलीको सहभागिता रहने छन् । नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभूवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल पोखरा सहभागी हुनेछन् ।

त्यस्तै प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीमा रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब रू एक करोड ५० लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा करिब ५० हजार दर्शकको प्रत्यक्ष सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत झापा जिल्लाका एक पुराना फुटबल खेलाडी र रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई जनही रू २५ हजारले सम्मान तथा सहयोग प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठको टोलीले गर्ने जनाइएको छ । रासस