१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा
अ अ+ अ-

कास्की। पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल बङ्गलादेश र भुटानका बीच दिउँसो १२ बजे हुनेछ । यसैगरी आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ ।  प्रतियोगिताका लागि सहभागी चार वटै देश तयार भएका छन् । नेपालसहित भारत, भुटान र बङ्गलादेशले उपाधिका लागि प्रतिपस्र्धा गर्ने आयोजक अखिल नेपाल फुटबल सङ्घले जनाएको छ।

पोखरामा आज आयोजित ‘प्रिम्याच कन्फ्रेन्स’मा उपस्थित चारै देशका प्रशिक्षक र टोलीका कप्तानले टोलीका युवा खेलाडीबाट राम्रो खेलको अपेक्षा गरिएको र उपाधि जित्ने योजना रहेको सुनाए ।

नेपाली यु–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सकारात्मक नतिजाका लागि टोली प्रतिबद्ध रहेको बताउनुभयो । “तयारी राम्रै भएको छ । घरेलु मैदान र समर्थकको साथ छ, पक्कै राम्रो रिजल्ट दिनेछौँ”, श्रेष्ठले भन्नुभयो ।

प्रतियोगितामा सहभागी चारवटै टोलीको उत्तिकै सम्भावना रहेकाले कुनै पनि टोली कमजोर नरहेको प्रशिक्षक श्रेष्ठले बताउनुभयो । कप्तान सुशीला केसीले छोटो समयमा धेरै कुरा सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, “घरेलु मैदानमा भएकाले राम्रो रिजल्ट ल्याउनेछौँ, छोटो समयमा धेरै सिकेका छौँ, सुधार भएको छ । राम्रो फुटबल खेल्नेछौँ ।”

बङ्गलादेशका प्रशिक्षक बेटर बटलरले प्रतियोगिताले नयाँ खेलाडीहरुलाई अवसर र सिक्ने मौका प्रदान गरेको बताउनुभयो । भारतकी प्रशिक्षक पामेला कोन्टीले युवा खेलाडीले राम्रो प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताउनुभयो । युवा खेलाडी अत्यन्त उत्साहित रहेकाले उपाधि जित्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । नेपालसँगको खेल कठिन हुने प्रशिक्षक पामेलाले अनुमान गर्नुभयो ।
भुटानकी प्रशिक्षक टङ्का माया घल्लीले युवा टोलीले अवसर पाएकाले राम्रो तयारी गरेर आएको बताउनुभयो । उपाधिमा मात्र केन्द्रित नभई महिला टोलीको स्तर विकासमा ध्यान दिएको प्रशिक्षक घल्लीले बताउनुभयो ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउण्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।

लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु २०० र भिआइपीतर्फ रु ५०० को टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु दुई  करोड ४५ लाख १५ हजार २९० खर्च लाग्ने बताइएको छ । रासस