१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौँः सुनिता डंगोल

शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौँः सुनिता डंगोल
अ अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शहीद दिवसका दिन काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले शहीदहरुले दिनुभएको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको बताउनु भयो । उहाँले विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास शहीदहरुको बलिदानकै कारण सम्भव भएको बताउनु भयो । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरुकै बलिदानका कारण सम्भव भएको जिकिर गर्नुभयो । कार्यवाहक प्रमुख डंगोलले यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन भएको बताउनु भयो । शहीदहरुको बलिदानबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्ने बताउनु भयो । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जहाँनिया राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधीनताका लागि शहीदहरूले बलिदान दिनुभयो । त्यही बलिदानको जगमा टेकेर आज हामी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेका छौं । अर्थात विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेका छौं । विक्रम संवत २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजकत्वमा शहीद सप्ताहको समारोह समिति गठन गरेर स्मृति सभा लगायतका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन हुँदै आइरहेको छ । यसै सन्दर्भमा माघ १० गते शहीद शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेको स्थान टेकु पचली, माघ १३ गते धर्मभक्त माथेमाले शहादत प्राप्त गरेको स्थान शोभा भगवती र माघ १५ गते शहीद दशरथ चन्द र शहीद गङ्गालाल श्रेष्ठले शहादत प्राप्त गरेको स्थान सिफलमा श्रद्धाञ्जलि सभाको आयोजना गरिरहेका छ । काठमाडौं महानगरपालिकाले शहीदहरूले शहादत प्राप्त गरेका ठाउँहरूको संरक्षण गर्ने, महत्व प्रवद्र्धन गर्ने क्रममा चार वीर सहिदहरूको पूर्ण कदको शालिक निर्माण पनि गरिएको छ । त्यसैगरी, धर्मभक्त माथेमा, उहाँको जन्मथलो ओन्वालमा धर्मभक्त पार्क पनि बनाइएको छ । पार्कमा उहाँको सम्पूर्ण, उहाँको पूर्ण कदको शालिक रहेको छ । महानगरपालिकाको सहकार्यमा निर्माण गर्न लागिएको मानव सेवा आश्रमको नामाकरण धर्मभक्त माथेमा, उहाँको स्मरण र उहाँको नामबाट नै हुनेछ । गङ्गालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरेका छौं । त्यसबाट शहीदका नामबाट सञ्चालित सेवा प्रदायक ठाउँबाट नागरिकहरूले सहज सेवा पाउन सकुन् भन्नेकुरामा पनि हामी प्रतिवद्ध छौं । शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने पनि आवश्यकता छ । आज हामी जहाँ छौं, जुन अवस्था र व्यवस्थामा छौं, नागरिक अधिकार, समावेशिता र सँगसँगै समावेशीकरणको प्रयोग गरिरहेका छौं । यो उहाँहरूकै बलिदानबाट प्राप्त भएको हो । यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन पनि हो । यसबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्दछ । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा छ । शहीदहरूलाई दिन विशेष सम्झना गर्नुभन्दा उहाँहरूबाट ऊर्जा लिएर व्यवस्था र शासन सञ्चालनमा दैनिक प्रभाव देखिन, प्रभावकारिता र सँगसँगै काममा पनि देखिन सकियोस् भन्ने पनि कामना गर्दछौँ । यसका निम्ति म आफ्नो पदले जिम्मेवारी अनुरूप इमानदार भएर काम गर्ने प्रण गर्दछु ।’

कार्यवाहक प्रमुख डंगोलले शहीदहरूलाई दिन विशेष सम्झना गर्नुभन्दा उहाँहरूबाट ऊर्जा लिएर व्यवस्था र शासन सञ्चालनमा दैनिक प्रभाव देखिने गरी काम गर्नुपर्ने बताउनु भयो ।