९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपना जेभीलाई काठमाडौं मलको ठेक्का



अ+ अ-

काठमाडौं । काठमाडौं सुन्धरास्थित ‘काठमाडौं मल’को ठेक्का पाएपछि यस्को जिम्मेवारी ‘दिवा सपना जेभी’ले सम्हालेको छ । व्यवस्थापन करारको जिम्मेवारी कम्पनीले बुधबार लिएको हो । काठमाडौं मल व्यवसायी संघले कर्मचारी संचय कोषवाट व्यवस्थापन जिम्मा पाएको दिवा सपना जेभीलाई बुधबार विशेष कार्यक्रम गरेर स्वागत गरेको रश्मिलाज् फेसियल हाउसका सञ्चालक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । व्यवस्थापन टिममा हरिप्रसाद ढकाल, विष्णुहरि ढकाल र कुमार पाण्डे रहेका छन् ।

कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद गौतमले काठमाडौंको केन्द्र भागमा रहेको काठमाडौं मललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउनेबारेमा कोषमा छलफल भइरहेको बताएका छन् । हाललाई ५ वर्षको निम्ति व्यवस्थापन करार गरेको भए पनि राम्रो व्यवस्थापन गरेर देखाएमा व्यवस्थापन करारको समय थप गर्न सकिने गौतमले बताए । १५ वर्षअघि नेपालको आकर्षक मल निर्माण गरिएको थियो ।

मलभित्रको आन्तरिक विवाद र खिचातानीका कारण काठमाडौं मल समस्यामा परेको थियो ।समयको माग अनुसार काठमाडौं मललाई आकर्षक बनाउन ढिलो भैसकेकाले तत्काल सौन्दर्यकरण गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत गौतमले बताएका छन् । दिवा सपना जेभीको तर्फबाट परियोजना प्रमुख विष्णुहरि ढकालले काठमाडौं मलका व्यवसायीहरू, व्यवस्थापन पक्ष र कोष तीन वटै पक्षको साझा उद्देश्य व्यापार बृद्धि गर्नु रहेको बताए ।

दिवा सपना जेभी ‘क’ वर्गको प्रतिष्ठित कम्पनी भएको बताउँदै परियोजना प्रमुख ढकालले सबै आफूहरू पारदर्शी भएर काम गर्न तयार रहेको पनि बताएका छन् । कर्मचारी सञ्चय कोष सम्पत्ति व्यवस्थापन विभाग प्रमुख भरत वस्तीले काठमाडौं मलको ‘बी’ ब्लक धरहरा निर्माणको क्रममा भत्कने भएकाले त्यसमा व्यवसाय गरेर बसेका व्यवसायीहरूलाई मर्का परेको विषयमा कोष गम्भीर रहेको बताए ।

कठमाडौं मल व्यवसायी संघका सचिव मुरारी कोइरालाले वरिपरिका मल लगायत व्यापारको अवस्था अध्ययन गरेर बजार मूल्यमा राहत हुने गरी भाडा निर्धारण गर्न आग्रह गरेका छन् ।कोइरालाले ब्लक ‘बी’का व्यवसायीहरूलाई कोषको तर्फबाट राहत प्याकेज घोषणा गर्नुपर्ने बताए ।दिवा सपना जेभीले ‘ए’ ब्लकमा खाली रहेको स्थानमा ‘ब’ ब्लकका ईच्छुक व्यवसायीहरूलाई प्राथमिकता दिनु पर्ने कोइरालाले बताए ।




भर्खरै