९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा सात किलो गाँजासहित दुई जना पक्राउ



अ+ अ-

बरहथवा । अवैध लागुऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

आज मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा चेकजाँचका क्रममा सात किलो ८०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले पक्राउ पर्नेमा कौडेना गाउँपालिका–१ का १९ वर्षीय निलेश मण्डल र चक्रघट्टा गाउँपालिका–३ का ३२ वर्षीय शेष मोफिज रहेका जानकारी दिनुभयो । उहाँका अनुसार नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय नम्बरप्लेट भएको बिआर ०६ एबी २७२९ नम्बरको मोटरसाइकलमा सवार निजहरूलाई रोकेर शोधपुछ गरेको थियो ।

सोही क्रममा मण्डल र मोफिज सवार मोटरसाइकलमा सिट आकार बनाएर ल्याइएको अवैध गाँजा प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार निज दुवैले रातो प्लास्टिकमा पोको पारेर गाँजालाई मोटरसाइकलको सिट तल लुकाएर ल्याएका थिए ।

प्रहरीले पक्राउ परेको मोटरसाइकल, चालक मण्डल र पछाडि सवार मोफिजलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । दुवै जनाविरुद्ध अवैध लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता राईले बताउनुभयो ।




भर्खरै