३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म

नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म
अ+ अ-

काठमाडाैँ ।  नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चे पुग्ने अधिकांश पर्यटक यहाँको भेडा फार्म नहेरी फर्किँदैनन् । प्राकृतिक सौन्दर्यसँगै बरुवाल जातका भेडा अवलोकन गर्न पाइने भएकाले भाल्चेको भेडा फार्म आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

समुद्री सतहदेखि करिब दुई हजार मिटरको उचाइमा रहेको भेडा आनुवंशिक स्रोत केन्द्र बरुवाल जातका भेडाको नश्ल सुधार तथा संरक्षणको प्रमुख केन्द्र हो । राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयअन्तर्गत रहेको यस केन्द्रसम्म काठमाडौँबाट करिब १०१ किलोमिटर दूरी पार गर्नुपर्छ ।

स्रोत केन्द्रका नाममा ६६० रोपनी जमिन रहेको छ भने पर्याप्त खर्क तथा चरण क्षेत्रसमेत उपलब्ध छ । केन्द्रमा हाल ३५४ भेडा रहेका छन् । कार्यालय प्रमुख डा. श्यामकृष्ण तिवारीका अनुसार यहाँका भेडा मुख्यतः किसान समूहलाई प्रजनन प्रयोजनका लागि बिक्री गरिन्छ ।

हाल नुवाकोटका दुई तथा धादिङ र रसुवाका चार किसान समूहले स्रोत केन्द्रबाट प्रजननका लागि भेडाका पाठापाठी खरिद गर्दै आएका छन् । किसान समूहले निवेदन दिएर सम्बन्धित वडाको सिफारिस पेस गरेपछि तोकिएको राजस्व बुझाएर केन्द्रबाट भेडा खरिद गर्न सक्ने व्यवस्था छ । केन्द्रमा उत्पादन भएका प्रजननयोग्य थुमा पनि किसानको मागअनुसार बिक्री तथा वितरण हुँदै आएको छ ।

स्रोत केन्द्रले भेडापालनसँगै बहुवर्षीय घाँसका प्रजातिको बीउ तथा बेर्ना उत्पादन र बिक्री वितरणसमेत गर्दै आएको छ । राईघाँस, सेटेरिया, किक्यु र पास्पालमलगायत घाँसका बीउ तथा बेर्ना किसानलाई उपलब्ध गराइन्छ ।

कार्यालय प्रमुख तिवारीका अनुसार केन्द्रले भेडा उत्पादन तथा बिक्रीका अतिरिक्त किसानलाई ऊन काट्ने कैँची, भेडा पाल्ने त्रिपाल, ¥यानकोटलगायत सामग्री उपलब्ध गराउनुका साथै आवश्यक तालिमसमेत दिँदै आएको छ ।

“हाम्रो कार्य विवरणमा धेरै भेडा आफैँ पाल्नेभन्दा पनि किसानलाई उत्पादन बढाउन प्रेरित गर्ने लक्ष्य रहेको छ,” तिवारीले भन्नुभयो, “बरुवाल जातको भेडा संरक्षणका लागि यो केन्द्र खोलिएको हो । न्यूनतम दुई सय भेडा राख्दा पुग्छ, तर कम्तीमा एक हजार भेडाका लागि चरण क्षेत्र पुग्ने भएकाले अब करिब पाँच सयसम्म भेडा पु¥याउने लक्ष्य लिएका छौँ ।”

आनुवंशिक स्रोत केन्द्रले राष्ट्रियस्तरमा भेडाको उत्पादकत्व वृद्धि, संरक्षण तथा प्रवर्द्धनमार्फत स्थानीयवासीको जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

भेडापालन तथा भेडाको आनुवंशिक स्रोत संरक्षण र सुधारमा केन्द्रित भए पनि स्थानीय कृषकको मागलाई ध्यानमा राख्दै केन्द्रले गाईभैँसीमा प्राकृतिक प्रजनन सेवा उपलब्ध गराउने उद्देश्यले मुर्रा क्रस राँगो र जर्सी साँढेसमेत राखेको छ ।

पर्यटकीय गन्तव्यका रूपमा विकासको प्रयास

भेडा फार्मलाई थप आकर्षक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न किस्पाङ गाउँपालिकाले पूर्वाधार निर्माण तथा अन्य आवश्यक काम अघि बढाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले फार्मको पर्यटकीय सम्भावनालाई ध्यानमा राखेर आवश्यक पूर्वाधार विकासका लागि काम भइरहेको बताउनुभयो ।

हालै गाउँपालिकाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत खतिवडा, लोकप्रिय गायक थानेश्वर गौतम, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य बुद्धि जिसी, राष्ट्रिय स्वतन्त्र पार्टीका किस्पाङ गाउँपालिका सभापति शिवप्रसाद भट्ट, किस्पाङ बहुप्राविधिक शिक्षालयका प्रमुख विनोद न्यौपाने तथा सञ्चारकर्मीसहितको टोलीले भेडा फार्मको अवलोकन गरेको थियो ।

प्राकृतिक वातावरण, भेडापालन र ऐतिहासिक पृष्ठभूमि एकै स्थानमा भएकाले भाल्चेलाई कृषि तथा पर्यटनसँग जोडेर विकास गर्न सकिने स्थानीयको भनाइ छ ।

‘राजाको गोठ’देखि आनुवंशिक स्रोत केन्द्रसम्म

भाल्चेको भेडा फार्मको इतिहास पुरानो सरकारी गाईगोठसँग जोडिएको छ । भेडा विकास फार्म स्थापना हुनुअघि यस स्थानमा सरकारी गाईगोठ सञ्चालनमा थियो, जसलाई स्थानीयवासीले ‘राजाको गोठ’ भन्ने गर्दथे । त्यहाँ पालिएका गाईबाट उत्पादित दूध, दही, मही र घ्यू काठमाडौँ दरबारमा पठाउने गरिएको स्थानीय इतिहासमा उल्लेख छ ।

पछि तत्कालीन श्री ५ को सरकार, कृषि मन्त्रालयले गाईगोठ हटाएर स्थानीय बरुवाल भेडाको नश्ल सुधार, मासु तथा ऊन उत्पादन वृद्धि गर्ने उद्देश्यले भेडा फार्म स्थापना गरेको थियो ।

फार्म स्थापना भएपछि राम्रो ऊन उत्पादन गर्ने विदेशी जातका भेडासँग स्थानीय बरुवाल भेडाको प्रजनन गराई वर्णशङ्कर पाठापाठी उत्पादन तथा अध्ययन–अनुसन्धान अघि बढाइएको थियो ।

विसं २०२७/२८ तिर अष्ट्रेलियन पोलवर्थ र स्थानीय बरुवाल भेडाबीच क्रस प्रजनन गराई ५० प्रतिशत क्रस भेडा उत्पादन तथा विभिन्न अध्ययन–परीक्षण सुरु गरिएको थियो । त्यसपछि फार्मले क्रमशः उन्नत जातका भेडाको उत्पादन तथा वितरणलाई प्राथमिकता दिँदै आएको थियो ।

विसं २०३० जेठ २६ गते तत्कालीन राजा वीरेन्द्र शाहले फार्मको अवलोकन भ्रमण गरी यसको विस्तारका लागि निर्देशन दिएपछि कार्यक्रम थप सक्रिय भएको थियो । विसं २०३०/३१ देखि फार्ममा उत्पादित उन्नत जातका थुमा प्रजननका लागि स्थानीय किसान तथा देशका विभिन्न जिल्लामा वितरण गर्न थालिएको थियो ।

विसं २०३५/३६ मा विश्व बैंकको ऋण सहयोगमा रसुवा–नुवाकोट एकीकृत ग्रामीण विकास परियोजना सञ्चालनमा आएपछि फार्मको भौतिक पूर्वाधार विकाससँगै भेडाको नश्ल सुधार, अध्ययन–अनुसन्धान, उत्पादन तथा वितरणमा महत्वपूर्ण सहयोग पुगेको थियो ।

सोही परियोजनाअन्तर्गत विसं २०३६ फागुनमा फ्रान्सबाट चार महिनाका आठ पाठी र दुई पाठा गरी १० वटा फ्रेन्च मेरिनो डार्ले जातका भेडा ल्याइएको थियो । अन्य जातको अपेक्षित वृद्धि र विकास हुन नसकेपछि हाल स्रोत केन्द्रमा बरुवाल जातका भेडालाई मात्रै प्राथमिकताका साथ संरक्षण तथा प्रवर्द्धन गरिँदै आएको छ ।

विनाशकारी भूकम्पपछिको पुनःनिर्माणपछि फार्मको नाम परिवर्तन गरी ‘भेडा आनुवंशिक स्रोत केन्द्र’ राखिएको हो । स्थापनादेखि नै स्थानीय बरुवाल भेडाको नश्ल सुधार, उन्नत जातका भेडाको उत्पादन तथा कृषकलाई प्रजननयोग्य थुमा उपलब्ध गराउँदै आएको केन्द्र अहिले कृषि, पशुपालन, अनुसन्धान र पर्यटनलाई जोड्ने सम्भावनायुक्त गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।