९ श्रावण २०८३, शनिबार
,
Latest
बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसले मोरङका ६ वटै क्षेत्रमा उम्मेदवार टुंग्यायो, मोरङ–६ मा शेखर कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान बसेको बैठकमार्फत मोरङका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको हो।

कांग्रेसका अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा खड्ग फागोलाई उम्मेदवार बनाइएको छ। क्षेत्र नम्बर २ बाट डा. मिनेन्द्र रिजालले टिकट पाएका छन्।

यस्तै, मोरङ–३ मा डा. सुनिल शर्मा दोहोरिँदा मोरङ–४ मा हालै नवनिर्वाचित महामन्त्री गुरूराज घिमिरेलाई उम्मेदवार बनाइएको छ।

मोरङ–५ मा फूलकुमार लावतीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउँदा डा. शेखर कोइराला मोरङ–६ बाट निर्वाचन लड्ने भएका छन् ।