१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट

मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
अ अ+ अ-

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कार्यालयबाट प्रदान गरिने सबै सेवा एकद्वार प्रणालीबाट दिन सुरु गरेको छ । राज्यबाट आम जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एकै ठाउँबाट सेवा लिन सक्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

“जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका लागि अब सेवाग्राहीले कोठाकोठा धाउनुपर्ने अवस्था अन्त्य गरेका छौँ”, उहाँले भन्नुभयो, “सेवाग्राहीले एकै ठाउँबाट आफ्नो काम सम्पन्न गरी फर्कन सक्ने व्यवस्था मिलाइएको छ ।”

कार्यालयले सहायता कक्षमार्फत् कर्मचारीलाई आलोपालो खटाइ सेवाग्राहीको जिज्ञासा तथा गुनासो सम्बोधन, विषयगतरुपमा सेवा प्रदान गर्ने फाँटबारे जानकारी, सेवाग्राहीले भर्नुपर्ने फाराम तथा लेख्नुपर्र्ने निवेदन लेख्न सहजीकरण गर्दै आएको छ । असक्त, अपाङ्ग, ज्येष्ठ नागरिक, गर्भवती महिलालाई प्राथमिकताका साथ छिटो सेवा उपलब्ध गराउन नागरिक सहायता कक्ष स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

राहदानी, राष्ट्रिय परिचयपत्र एवम् अन्य सेवा लिन आउने सेवाग्राहीको लागि नागरिक सहायता कक्षबाट निःशुल्क रूपमा फाराम भर्ने व्यवस्था तथा राहदानी बनाउन आवेदन गर्ने सम्बन्धित सेवाग्राहीको घरमै पुगी राहदानी वितरण गर्ने कार्यको समेत थालनी समेत गरेको छ ।

गत आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो त्रैमासिक अवधिमा जिल्ला प्रशासन कार्यालयले वंशजको आधारमा चार हजार आठ जनालाई नयाँ नागरिकता, सात जनालाई वैवाहिक अङ्गीकृत नागरिकता, १० जनालाई अङ्गीकृत नागरिकता, नौ जनालाई गैरआवासीय नागरिकताका साथै तीन हजार १७६ प्रतिलिपि नागरिकता उपलब्ध गराएको जनाएको छ ।