२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु)

घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु)
अ अ+ अ-

काठमाडौँ। वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले हरिशयनी एकादशी आज देशभर विशेष धार्मिक अनुष्ठानका साथ मनाउँदैछन् । यस पर्वमा आज सनातन धर्मावलम्बीहरूले आ–आफ्नो घरको मठमा विधिपूर्वक तुलसीको बिरुवा रोपेका छन् ।

धार्मिक मान्यताअनुसार निर्जला एकादशीका दिन बीउ राखिएको तुलसीको बिरुवालाई आजकै दिन मठमा सार्ने परम्परा रहेको छ । बिहानै स्नान गरी शुद्ध चित्तले मन्त्रोच्चारण गर्दै बिरुवा रोप्ने र विशेष पूजाअर्चना गर्ने श्रद्धालुहरूको घर–घरमा चहलपहल देखिएको छ ।

आज रोपिएको तुलसीलाई आगामी चार महिनासम्म अर्थात कात्तिक शुक्ल एकादशी (हरिबोधनी एकादशी) सम्म विशेष श्रद्धाका साथ पूजा गर्ने गरिन्छ ।

आजकै दिनदेखि हिन्दु संस्कृतिमा ‘चतुर्मास’ व्रतको समेत औपचारिक आरम्भ भएको छ । पुराणहरूका अनुसार भगवान विष्णु आजैका दिनदेखि चार महिनासम्म क्षीरसागरमा शयन गर्ने हुनाले यस एकादशीलाई हरिशयनी एकादशी भनिएको हो । भगवान विष्णु शयन गर्ने यस अवधिमा मांगलिक कार्यहरू (विवाह, व्रतवन्ध आदि) नगर्ने र आध्यात्मिक साधना तथा जप–तपमा ध्यान केन्द्रित गर्ने शास्त्रीय मान्यता रहेको छ ।

वैज्ञानिक दृष्टिले समेत अधिक अक्सिजन उत्सर्जन गर्ने र औषधिजन्य गुणले युक्त मानिने तुलसीलाई आध्यात्मिक रूपमा ‘विष्णुप्रिया’ का रूपमा पुजिन्छ । तुलसी रोपिएको घरलाई तीर्थ समान मानिने र त्यहाँ नकारात्मक ऊर्जा प्रवेश नगर्ने जनविश्वास रहिआएको छ । यस अवसरमा आज राजधानीको बूढानीलकण्ठ, चाँगुनारायण, शोषनारायण, इचंगुनारायण, माछापोखरीस्थित नारायण मन्दिर लगायत मुलुकभरका विभिन्न विष्णु मन्दिरहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

एकादशीका अवसरमा आज धेरैले निराहार व्रत बसी फलाहार गर्ने र एकादशी महात्म्य श्रवण गर्ने गर्दछन् । कात्तिक शुक्ल एकादशीमा तुलसीको विवाह नगरुन्जेलसम्म प्रत्येक दिन बिहान–बेलुका तुलसीको मठमा दीप प्रज्वलन गरी पूजा गर्ने क्रम आजैबाट शुरु भएको छ ।

तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल