२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प



अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा जहाज, कार्गो वा अन्य सम्बन्धित सम्पतीमा हुने कुनैपनि क्षतिको भुक्तानी अमेरिकाको नियन्त्रणमा रहेको इरानी कोषबाट गरिने घोषणा गर्नुभएको छ ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले भन्नुभएको छ, ‘यस वक्तव्यलाई आधिकारिक जानकारीका रूपमा लिइयोस् कि अब उप्रान्त जहाज, कार्गो वा सम्बन्धित सामग्रीमा हुने कुनैपनि क्षतिको शोधभर्ना अमेरिकाको कब्जा र नियन्त्रणमा रहेको इरानी रकमबाट गरिनेछ ।’

उहाँले अगाडि लेख्नुभएको छ, ‘यी क्षतिहरू निकै ठूलो परिमाणको हुन सक्छन्, तर यो एक न्यायपूर्ण र निष्पक्ष कदम हुनेछ ।’

यद्यपि, कुन प्रकृतिका घटनाहरूमा इरानी सम्पत्तिको प्रयोग गरिनेछ भन्नेबारे ट्रम्पले कुनै विस्तृत विवरण दिनुभएको छैन ।

मध्यपूर्वमा तनाव बढ्दै गएको र अमेरिकाले इरान लक्षित हवाई आक्रमणहरू जारी राखेको पृष्ठभूमिमा ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल